MENU

साहित्य/ कला

Ncell Axiata

सञ्चारकर्मी जीवन खड्का बने उपन्यासकार

काठमाडौं, साउन १४ – सञ्चारकर्मी तथा मोडेलको परिचय बनाएका जीवन खड्का अब उपन्यासबार बनेका छन् ।  उनको पहिलो उपन्यास ‘ओझेल’ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक भएको हो । उपन्यासको विमोचन समीक्षक समिरबाबु कट्टेल, सञ्चारकर्मी कला सुब्बा लेखक तथा पत्रकार डब्बु क्षेत्री तथा उपन्यासकारले संयुक्त रुपमा गरेका थिए । 

उपन्यासमाथि बोल्दै समीक्षक कट्टेलले ‘ओझेल’ समकालिन विषयवस्तुलाई सम्बोधन गरेको बताउनुभयो । उहाँले उपन्यासले प्रेमका कुरालाई जोड दिए पनि समाजका कुरीति,  द्वन्द्वकालको चित्रण, तथा पश्चिम तराईमा कायम रहेको हलिया र कमैया प्रथालाई प्रस्तुत गरेको बताउनुभयो । 

सञ्चारकर्मी सुब्बाले उपन्यासले नेपाली युवक र विदेशी युवतीबिचको प्रेमिल घटनालाई उजागर गर्न सफल भएको बताउनुभयो । 

त्यस्तै, लेखक तथा पत्रकार क्षेत्रीले एउटा गाउँले युवकको सपना, उसले शहर पसेपछि भोगेको भोगाइ, राजनैतिक अराजकताको चित्रण उपन्यासले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोक्सीको आरोपमा नारीमाथि गरिने शोषण अहिले पनि कायमै रहेको कुराको चर्चा उपन्यासमा गरिएको छ । द्वन्द्वकालिन घटना र त्यसले नेपाली समाजमा पारेको प्रभावको चित्रण पनि छ ।' 

उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । उपन्यासको मूल्य ३१५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया