MENU

साहित्य/ कला

Ncell Axiata

​२५ सय वर्ष पुरानो नाटकमाथि छलफल

काठमाडौं, साउन १४ – झण्डै २५ सय वर्षअघि युनानी लेखक सोफोक्लिजले लेखेको दुखान्त नाटक ‘एन्टिगोनी’का बारेमा नेपाली रंगकर्मीहरुले छलफल गरेका छन् । 

मण्डला नाटक घरमा भएको अन्तरक्रिया कार्यक्रममा रंगकर्मीहरु बिमल सुवेदी, राजन खतिवडा, सिर्जना सुब्बा र लेखक तथा पत्रकार शकुन्तला जोशीले नाटकका बारेमा बोल्नुभएको थियो ।

 

अन्तरक्रियामा सहभागी वक्ताहरुले युनानी सभ्यताको प्रतिनिधित्व गर्ने नाटकको वर्तमान परिपे्रक्ष्यमा रहेको सान्र्दभिकताबारे बोल्नुभएको थियो । अंहकारी राजा क्रियोन र स्वभिमानी एन्टिगोनीबिचको संघर्षको कथा भएको नाटक मण्डला नाटक घरमा प्रदर्शन भइरहेको छ । 

रंगकर्मी तथा मण्डला नाटक घरका कला निर्देशक राजन खतिवडाले अहिले पनि राज्यसत्ता सञ्चालन गर्नेहरुमा घमण्ड रहेको भन्दै युनानी नाटकलाई नेपालीमा रुपान्तरण गरेर मञ्चन गरिएको बताउनुभयो । ‘एन्टिगोनी’ क्लासिक नाटक भए पनि यसले अहिलेको समयलाई पनि सम्बोधन गरेको बताउनुभयो । 

नाट्य निर्देशक बिमल सुवेदीले ‘एन्टिगोनी’ इतिहास र पुराकथामा आधारित भए पनि महिला र पुरुषको बिचमा रहेको असमानतालाई उजागर गरेको बताउनुभयो । नेपालमा भर्खर उठ्दै गरेको महिला आन्दोलन र समानताको कुरा ग्रिसेली समाजमा आजभन्दा २५ सय वर्ष अघि नै उठेको सुवेदीले बताउनुभयो । 

नाटकमा ‘एन्टिगोनी’ को भूमिका निर्वाह गर्नुभएकी सिर्जना सुब्बाले नेपालमा कुरामा समानता भनिए पनि व्यवहारिक रुपमा लागु हुन नसकेको बताउनुभयो । उहाँले अझ पनि नेपाली समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनुभयो । 

त्यस्तै, लेखक शकुन्तला जोशीले २५ सय वर्ष अघि एन्टिगोनीले राज्यसत्ताविरुद्ध समानताका लागि दुस्साहस देखाएको बताउँदै नेपाली समाज त्यो तहमा पुगिनसकेको बताउनुभयो । 

कला अनुरागीले सहजकर्ता गर्नुभएको ‘रंग अन्तरंग’ नाम दिइएको अन्तरक्रियालाई नियमित रुपमा आयोजना गरिने मण्डला नाटक घरका कला निर्देशक राजन खतिवडाले जानकारी दिनुभयो । 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया