MENU

साहित्य/ कला

Ncell Axiata

‘समयको सारङ्गी’ विमोचित

काठमाडौं, साउन १४ – कवि भवानी पौडेलको कविता संग्रह ‘ समयको सारङ्गी’ शनिबार  काठमाडौंमा विमोचन गरिएको छ ।

विमोचित कविता संग्रहबारे बोल्दै नियात्राकार प्रतीक ढकालले कवि पौडेलले जीवन र जगतका यथार्थलाई सुन्दर ढङ्गले कवितामा प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबैभन्दा धेरै लेखिने साहित्यिक विधा कविता हो, तर उत्कृष्ट कविता खोज्न भने घोत्लिनै पर्छ।’ उहाँले पौडेलका कविता ती थोरै उत्कृष्टमध्ये पर्ने बताउनुभयो ।

 

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले आफू पनि कुनै समय कविता लेखेको स्मरण गर्दै कविता लेख्नु सजिलो जस्तो लागे पनि खास कविता लेख्न निकै गहिरो साधना आवश्यक हुने बताउनुभयो । 

समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले कविताका गुणले सम्पन्न कविता भवानीले लेखेको बताउनुभयो । लुइटेलले कवि पौडेलले साँच्चै गहिरो साधनाबाट यो कृति तयार पारेको बताउनुभयो । 

प्रमुख अतिथी पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पौडेलका कविताले समयलाई र समाजलाई राम्ररी चित्रण गरेको बताउनुभयो । कवितामा प्रयोग गरिएको शिल्प र विषयले आफूलाई तानेको बस्नेतको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया