MENU

विज्ञान प्रविधि

Ncell Axiata

टेलिकमको अफर : विदेशको फोन उठाउँदा बोनस, सस्तोमा डाटा

काठमडौं, साउन १५ – नेपाल टेलिकमले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यस्तै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । 

यो अफर सोमबार अर्थात साउन १६ गतेदेखि ९० दिनसम्म उपलब्ध गराइने छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुनेछ ।  अफर अन्तर्गत अब १ एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक एक हजार रुपैयाँमा उपलब्ध हुनेछ । 

त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जिबी डाटाको लागि एक हजार नौ सय ८० रुपैयाँ लाग्नेमा अब  १५ जिबी डाटा तीन सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको पाँच सय रुपैयाँ र ४० जिबीको डाटाको सात सय रुपैयाँ लाग्ने छ । 

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक पाँच सय रुपैयाँ लाग्नेमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक दुई सय रुपैयाँ र अनलिमिटेड डाटाको लागि तीन सय रुपैयाँ मात्र दर्ता शुल्क लाग्ने टेलिकमले जनाएको छ ।  

त्यसैगरी पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । यस अनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।  

साथै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएम÷सिडिएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया