MENU

विज्ञान प्रविधि

Ncell Axiata

एनसेलको फोरजी सेवा थप १० शहरमा बिस्तार

काठमाडौं, साउन १७ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ ।

मंगलबारदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सुरु भएको एनसेलले जनाएको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी शहरमा मंगलबारदेखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्ने एनसेलको भनाई छ ।

आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेकाले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्ने एनसेलले जानकारी दिएको छ । १० वटा शहरमा भएको यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिनुभयो ।

यसअघि एनसेलले फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध गराएको थियो । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।

ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो कि होइन भन्ने बारेमा जानकारी लिन सक्ने एनसेलले जनाएको छ ।

फोरजी सेवा चलाउने ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी ३० दिनसम्म योण्डर म्युजिक एपमा निःशुल्क गीत अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्ने पनि एनसेलले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया