MENU

विज्ञान प्रविधि

Ncell Axiata

नेपालमा पहिलोपटक इन्टरनेट हड्ताल

काठमाडौं, साउन १७ – नेपालमा मंगलबार इन्टरनेट हड्ताल भएको छ । विश्वका कतिपय देशमा यो सामान्य मानिए पनि नेपालमा पहिलोपटक भएको हो । आफ्नै व्यक्तिगत सामाजिक सञ्जालको खाता मार्फत आफ्ना मुद्दालाई राष्ट्रियस्तर र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कालो पृष्टभूमिमा BEWARE, खबरदार लेखिएको फोटो #SaveNepaValley भनेर अपलोड गरिएको छ । 

मुख्य गरी फेसबुक, ट्वीटर र इन्स्टाग्राममा यो फोटो पोष्ट गरिएको छ । विकासको नाममा विनास भएको भन्दै नेपाः उपत्यका बचाऔँ महाअभियानले इन्टरनेट हड्ताल गरेको अभियन्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । ‘सामाजिक संजाल नै कालो हुने गरि यो फोटो राख्ने हाम्रो योजना हो’ उहाँले भन्नुभयो ‘२४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहालौँ । #SaveNepaValley भन्ने ह्यासट्याग राखेर केवल त्यही फोटो मात्र पोष्ट गरौँ । प्रोफाइल पिक्चर र कभर फोटो पनि यहि बनाऔँ ।’ 

‘यो इन्टरनेट हड्तालको २४ घण्टापछि हामी हाम्रो औपचारिक पेज नेपाः उपत्यका बचाऔँ महाअभियान अनि यहि ब्लगमा भोलि बिहान साउन १८ गते बिहान ७ बजे हाम्रो औपचारिक मागपत्र सार्वजनिक गर्नेछौ’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार मंगलबार बिहान ८ बजेदेखि सुरु अभियान बुधबार बिहान ८ बजे सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया