MENU

साहित्य/ कला

Ncell Axiata

​‘ह्यारी पोटर’ लेखिकाले मागिन् माफी

साउन १७ – ‘ह्यारी पोटर’ लेखिका जेके रोलिङले केही दिन अघि गरेको ट्वीटको आलोचना भएपछि माफी माग्नुभएको छ । 

उहाँले केही दिन अघि एउटा कार्यक्रममा ह्विलचेयरमा बसेका एकजना बालकले हात बढाउँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेवास्ता गरेको भन्दै ट्वीटमार्फत आलोचना गर्नुभएको थियो । 

जुलाई २४ मा भएको हेल्थकेयरसम्बन्धी कार्यक्रमको पत्रकार सम्मेलनमा ट्रम्पले बालकलाई बेवास्ता गरेको जस्तो देखिन्छ । त्यसैलाई आधार बनाएर रोलिङले ट्रम्पलाई ‘अहंकारको पर्याय’ भन्दै ट्वीट गर्नुभएको थियो । तर ट्रम्प कार्यक्रममा प्रवेश गर्ने बेलामा नै बालकलाई अभिवादन गरेको र थोरै कुराकानी गरेको भिडियोमा देखिएपछि रोलिङको तिब्र आलोचना भएको थियो । 

रोलिङले आफूले स्पस्ट रुपमा भिडियो नदेखेको भन्दै आफू फरक क्षमता भएका व्यक्तिहरुप्रति अत्यन्तै संवेदनशील भएकाले छिटो ट्वीट गर्न पुगेको बताउनुभएको छ । उहाँले पहिले गर्नुभएको ट्वीट हटाउनुभएको छ । 

तर उहाँको माफी बालक र बालकको परिवारप्रति मात्रै लक्षित छ । १ करोड १० लाख ट्वीटर फ्लोअर्स भएकी रोलिङले ट्रम्प प्रशासनको आलोचना गर्दै आउनुभएको छ । पूर्ण रुपमा भिडियो नहेरी ट्रम्पको आलोचना गरेको भन्दै रोलिङको आलोचना भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया