MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

विवाह सकिए लगतै दुलहीले दुलहाको टाउकोमा बन्दुक तेर्स्याइन्

साउन १८ – विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गर्ने अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई विवाह पहिरनमै प्रहरीले टेनिसी राज्यको मरफ्रेसबोरोमा रहेको एक मोटेलबाट पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । 

प्रिचार्डले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ एमएमको पेस्तोल राखेर  ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली भरिएको थिएन । प्रिचर्डाले पछि पेस्तोलमा गोली भरेर हवाई फायर गरेकी थिइन् । त्यसपछि विवाह स्थलमा भागदौड मच्चिएको थियो ।

नवविवाहित जोडीले रक्सी खाएको र त्यसपछि झगडा गर्न थालेको प्रहरीले जनाएको छ । त्यसपछि दुलहीले दुलहाको टाउकोमा पेस्तोल राखेर पड्काएकी थिइन् । तर गोली नभरिएको पेस्तोल हुनाले दुलहालाई केही भएन ।

प्रिचार्डले आफ्नो विवाह पहिरनमै पेस्तोल लुकाएकी थिइन् । घटनापछि उनले आफूले चलाएको बन्दुक मोटेलको बाथरुममा लुकाउने प्रयास गरेकी थिइन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया