MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

सबै फूलको पूर्वज एउटै, पृथ्वीको पहिलो फूल कस्तो देखिन्थ्यो ?

काठमाडौं, साउन १८ – पृथ्वीमा अहिले अस्तित्वमा रहेका सबै फूलको उत्पति एकै प्रजातिको फूलबाट भएको अनुसन्धानकर्ताले बताएका छन् । अहिले पृथ्वीमा रहेका फूलको पूर्वज एउटै रहेको फ्रान्सका अनुसन्धानकर्ताले बताएका छन् ।

पृथ्वीको पहिलो फूलको थ्री–डी नमूना

यी फूलहरुको पूर्वज कम्तिमा १४ करोड वर्षअघि अस्तित्वमा रहेको फ्रान्सको पेरिस–सुद विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ताले पृथ्वीमा अहिले रहेका फूलहरुको नमूना संकलन गरी ती फूलको उत्पति तथा विकासक्रमको अध्ययन गरेका हुन् ।

अहिलेको कमल र लिली फूल

यसबाट अहिले रहेका सबै फूलको पूर्वज एउटै रहेको देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अहिले पृथ्वीमा रहेका कुनै पनि फूल आफ्नो पूर्वज जस्तो भने नदेखिएको अनुसन्धान प्रतिवेदनका लेखक तथा पेरिस–सुद विश्वविद्यालयका प्राध्यापक एर्हबी सोकेले बताउनुभयो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा कम्तिमा १४ करोड वर्ष पहिले अस्तित्वमा रहेको एकै प्रजातिको फूलबाट समय क्रममा मौसम परिवर्तन हुँदै जाँदा अहिले अस्तित्वमा रहेका विभिन्न फूलको उत्पति तथा विकास भएको उल्लेख गरिएको छ । अहिलेका फूलहरुको पूर्वज बाइसेक्सुअल रहेको र त्यसकै कारण अरु विभिन्न प्रजातिका फूलको विकास भएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ताले थ्री–डी मोडलबाट तयार पारेको अहिलेका फूलको पूर्वजको स्वरुप तीन तहको पत्रसहितको कमल फूल जस्तो छ । अनुसन्धानकर्ताले विश्वका विभिन्न ठाउँमा अहिले रहेका सात सय ९२ प्रजातिका फूलको नमूना संकलन गरी अनुसन्धान गरेका हुन् ।

फूलकै पूर्वजका विषयमा अनुसन्धान गर्दै आएको केही अनुसन्धानकर्ताले भने अहिलेका फूलको पूर्वज युनिसेक्सुअल वा बाइसेक्सुअल के थिए भन्ने यकिन गरेर भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

तर अनुसन्धानकर्ता एर्हबी सोकेले भने आफूहरुले गरेको विस्तृत अध्ययनबाट अहिलेको फूलको पूर्वज फूल बाइसेक्सुअल रहेको देखिएको बताउनुभयो । यो अनुसन्धानले फूलको उत्पति तथा विकास क्रमका बारेमा तथ्यगत जानकारी लिन सहयोग गर्ने र थप अनुसन्धानको खाँचो रहेको उहाँले बताउनुभएको छ । 

- स्रोत : नेचर, बिबिसी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया