MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

बालबालिकाले ओछ्यानमा पिसाब गर्नु बानी कि समस्या ?

डा. बिमल लाल कर्ण –

बालबालिकाले लगाएको लुगा र ओछ्यानमै पिसाब फेर्नु सामान्य हो । तर त्यो सधैँ सामान्य हुँदैन, बालबालिकाको उमेर र विकास अनुसार ओछ्यानमा पिसाब फेर्ने बानी समस्या हुन थाल्छ । यसलाई इनोरेसिस् भनिन्छ । बालबालिका पाँच वर्ष नपुग्दासम्म यसलाई बानीको रुपमा लिनुपर्छ ।

यो बालबालिकाको विकासको चरण, सिक्ने बेला हो । जसमा अभिभावकले बालबालिकालाई धेरै किसिमको बानी सिकाइहेका हुन्छन् । ९० प्रतिशत बालबालिकाले पाँच वर्षसम्ममा पिसाब कहाँ र कसरी गर्ने भन्ने बारेमा सिकिसकेका हुन्छन् ।

तर जब बालबालिको उमेरले पाँच वर्षको रेखा नाघ्छ, त्यसपछि पनि उनीहरुले लगाएको लुगा वा ओछ्यानमै पिसाब फेर्न थाले भने समस्या हुन सक्छ भनेर बुझ्नुपर्छ । पिसाव फेर्न नहुने ठाउँमा फेर्छ । अरु विकासको अवस्था सामान्य छ, दिउँसो सुतेको बेलामा अथवा राति थाहा भएर पनि ओछ्यानमा नै पिसाब फेर्छ अथवा कपडा नखोली पिसाब फेर्छ भने त्यो समस्या हुन्छ ।

ओछ्यानमा अथवा लुगा लगाई लगाई पिसाब फेर्नु बालबालिकाको बदमासी गरेको होइन । उदहारणको लागि सपनामा बालबालिकाले पिसाब फेरेको देख्यो भने विपनीमा पनि फेर्ने गर्छन् । यस्तो अवस्थामा बालबालिकाले सपनामा देखेको कुरा विपनामा अनुभव गरिहेका हुन्छन् । यो बानी व्यवहारमा हुने समस्या हो । 

किन हुन्छ यस्तो समस्या

  • जन्मजात भित्री अंगको विकासमा केही समस्या भएमा 
  • बालबालिकालाई सानै उमेरमा, ५ अथवा ८ महिनादेखि नै पिसाब फर्ने बानी सिकाएमा
  • धेरै बेर सम्म पिसाब नगराएमा अथवा गर्न नदिएमा 
  • हरेक कुरामा गाली गर्ने, तर्साउने गरेमा, ओछ्यानमा पिसाब गर्दा गाली गरेमा 
  • बालबालिकालाई यस्तो समस्या हुनुमा भित्रि विकासमा देखा पर्ने समस्याको एकदमै कम हात हुन्छ । यी सबै अभिभावकले बालबालिकालाई सिकाउने बानी र गर्ने व्यवहारमा भर पर्ने कुरा हुन् । यस्ता बालबालिकालाई विभिन्न खालका समस्या देखा पर्छन् । जस्तो –एक्लै बस्ने, साथीभाइसँग घुलमिल नहुने, डराउने, चाडपर्व, कार्यक्रममा कम सहभागी हुने आदि ।

बालबालिका अरुले जिस्काउने, गाली गर्ने डरमा एक्लै बस्न थाल्छन् र यस्ता बालबालिकाले पढ्न छोड्ने, जिद्दी हुने सबैबाट अलग्नि खोज्ने तथा घर नै छोडेर भाग्न सक्ने अवस्था पनि आउन सक्छ ।  

इनोरेसिस बालबालिकालाई सिकाउने बानीमा कमीकमजोरी हुँदा समस्या देखा पर्छ । तर इनोरेसिस नभएका बालबालिमामा पनि यस्तो समस्या देखिएमा उनीहरुलाई पिसाबको संक्रमण, मर्गौलामा समस्या भएको हुनसक्छ ।

बालबालिकालाई हप्काउने, बेइज्जत गरेमा अवस्था सुध्रनुको साटो झन् बिग्रन्छ । त्यसैले ओछ्यानमा पिसाब गर्दा संक्रमण हुने, शरीर गन्हाउने समस्या हुन्छ भनेर सम्झाउनु पर्छ । साथै उनीहरुलाई के कुराले यस्तो समस्या आइरहेको छ भन्ने कुरा अभिभावकले थाहा पाउनुपर्छ ।

के गर्ने ?

अभिभावकले बालबालिकालाई ओछ्यानमा पिसाब गर्ने समस्या नहोस् भन्नका लागि बालबालिकालाई कम पानी पिउन दिने गर्छन् । यो अत्यन्तै गलत हो । यसले बालबालिकाको शरीरमा पानीको अभाव हुन्छ । त्यसैले बालबालिकालाई दिउँसो धेरै पानी पिउन दिनुपर्छ बरु बेलुकाको खाना पछि पानी पिउन नदिने गर्न सकिन्छ ।

  • बालबालिकालाई हप्काउन, गाली गर्दै नगर्ने
  • बालबालिका र अभिभावक दुवैलाई व्यवहार सिकाउने 
  • सामाजिक बेइज्जत गर्नु हुँदैन
  • बालबालिकालाई सम्झाउने
  • पिसाब रोक्न नलगाउने 
  • सुत्नु भन्दा अगाडि पिसाब फेर्न लगाउने
  • बालबालिकाले कुन बेला पिसाब फेरेको थियो भनेर हेर्ने
  • पिसाब गर्ने समय भएमा उठाएर शौचालय लैजाने ।

यति गर्दा पनि निको नभएमा चिकित्सकको सल्लाह अनुसार अलार्म उपचार पद्धति तथा औषधि खान दिएर पनि यसबाट  छुटकारा पाउन सकिन्छ तर सबैभन्दा उत्तम उपाय भनेको बालबालिकालाई राम्रो बानी सिकाउनु (Behavior therapy­) नै हो ।

(नेपाल नेशनल हस्पिटल, कलकींका बालरोग विशेषज्ञ डा. कर्णसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

    यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ ।

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया