MENU

विज्ञान प्रविधि

Ncell Axiata

वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन  सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् । यसबाट वंशाणुगत रुपमा हुने गरेका १० हजार भन्दा बढी समस्या वा रोगबाट छुट्कारा पाउन सकिने ढोका खुलेको छ । अमेरिका तथा दक्षिण कोरियाका वैज्ञानिकको समूहले गरेको अध्ययनमा गम्भीर खालको मुटु सम्बन्धी रोग लाग्न सक्ने अवगुणसहितको डिएनएको अंशमा परिवर्तन गरेका हुन् ।

अध्ययनको क्रममा वैज्ञानिकले भ्रुणलाई पाँच दिनसम्म बढ्न दिएका थिए । अध्ययनले वंशाणुगत रोगको उपचार तथा निदानका लागि अपनाउन सकिने उपाय तथा बनाउनु पर्ने औषधिका सम्बन्धमा आश थपेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । तर नैतिक रुपमा भ्रुणको डिएनएमा गरिने परिवर्तन कत्तिको सहि हो भन्नेमा भने विवाद छ ।

सन् २०१५ मा सुरु भएको क्रिस्पर भनिने डिएनए एडिटिङ प्रविधिले अब नयाँ सम्भावनाको ढोका खोलेको अनुसन्धानमा संलग्न शौख्राट मितालिपोभले बताउनुभयो । अमेरिकाको ओरिगन हेल्थ एण्ड साइन्स युनिभर्सिटी तथा साल्क इन्ष्टिच्युट र दक्षिण कोरियाको इन्ष्टिच्युट फर बेसिक साइन्सका वैज्ञानिकको समूहले गरेको अनुसन्धानको प्रतिवेदन नेचर जर्नलमा प्रकाशित भएको छ ।

वैज्ञानिकले भ्रुणको डिएनएमा रहेको मुटुको चाल तत्काल बन्द हुने खालको रोग (हाइपर्ट्रपिक कार्डिओमायोपथी) को अवगुण हटाएका हुन् । यस्तो रोग हरेक पाँच सयमा एकजनामा पाइने गरेको छ । यस्तो समस्या रहेका व्यक्तिको सन्तानमा यो रोग वंशाणुगत रुपमा सर्ने खतरा ५० प्रतिशतसम्म रहने गरेको छ ।

हाइपर्ट्रपिक कार्डिओमायोपथी भएका पुरुषको शुक्रकिट स्वस्थ महिलाको डिम्बसँग मिलाएर बनाएको भ्रुणमा डिएनए एडिटिङ गरिएको हो । यस प्रविधिबाट हाइपर्ट्रपिक कार्डिओमायोपथीको समस्या भ्रुममा नरहने सम्भावना भने ७२ प्रतिशत मात्रै रहने अनुसन्धानकर्ताले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया