MENU

समाज

दक्ष कालिगढको अभावमा विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको काम प्रभावित

लक्ष्मण शर्मा/उज्यालो ।
काठमाडौं, साउन १९ – विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको पुनर्निर्माण दक्ष कालिगढको अभावमा प्रभावित भएको छ । २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणको जिम्मा पाएको पुरातत्व विभागले नेपालमा दक्ष कालिगढको अभावमा काम गर्न समस्या भएको जनाएको हो ।

‘विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको पुनर्निर्माण गर्दा पुरानै शैलीमा गर्नु पर्छ’ पुरातत्व विभागका प्रवता रामबहादुर कुँवरले भन्नुभयो, ‘हामीसँग पुरानो शैलीमा काम गर्न सक्ने कामदारको अभाव छ । अहिलेका नयाँ कालिगढ पुरानो शैलीमा काम गर्न सक्दैनन र उनीहरुले त्यसमा चासो पनि राख्दैनन् ।’ पुरानो शैलीमा काम गर्न सक्ने सीमित कालिगढ रहेको र उपत्यकाका सबै सम्पदाको पुनर्निर्माण एकैपटक गर्नुपर्ने भएकाले काम तीव्र गतिमा अगाडि बढन नसककेको विभागले जनाएको छ ।

सम्पदाको पुनर्निर्माणमा काठको पनि समस्या रहेको विभागले जनाएको छ । काठको अभाव त छँदैछ त्यसमाथि काठ कुँद्न सक्ने कामदार पनि अभाव रहेको उहाँले बताउनुभयो । सम्पदामा प्रयोग हुने काठमा किल्ला ठोक्न नपाइने उहाँले बताउनुभयो । काठलाई कलात्मक तवरले कुदेर जोडनुपर्ने हुन्छ । त्यस्तै इट्टा निर्माण र त्यसलाई जोडने कच्चा पदार्थ पनि अरु भन्दा फरक हुने र बनाउन समय लाग्ने हुनाले पुनर्निर्माण काममा ढिलाइ भएको विभागले जनाएको छ । काठमाडौं उपत्यकाका सम्पदाको पुनर्निर्माण सकिन अझै ३–४ वर्ष लाग्ने विभागका प्रवता कुँवरले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया