MENU

विचार/अनुभूति

Ncell Axiata
NIC Asia

लघुवित्त संस्थाले गरिबी न्यूनीकरणमा खेलेको भूमिका र भित्रिंदो विकृति

प्रबिण न्यौपाने – 

 
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था लघुवित्त संस्था हो । लघुवित्त संस्थाले गरिबि न्युनीकरणमा ठूलो भुमिका निर्वाह गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले असार मसान्त सम्म ५३ लघुवित्त संस्थालाई अनुमति दिएको छ । यी सबै लघुवित्त संस्थाले गरिबी न्युनीकरणका लागि केही न केही भूमिका खेलेकै छन् । 
 
लघुवित्त संस्थाले समूहमा लगानी गर्ने भएकाले सामुहिक रुपमा नै प्रगति वा सामुहिक विकास हुन्छ । लघुवित्त संस्थाले कम आम्दानी भएको वा कम आम्दानीका स्रोत भएका व्यक्तिहरुका लागि छानेर मात्र लगानी गरिन्छ । नेपाल राष्ट्र बैंकले नै यस प्रकारको निर्देशन दिएको हुन्छ । 
 
गरिब र पिछडिएका क्षेत्रका धेरै महिला लघुवित्त संस्था मार्फत आत्मनिर्भर भएका छन् । पहिले अरुको निर्देशनमा चल्ने महिला अहिले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अब्बल मानिन्छन् । यसरी नेपालमा लघुवित्त संस्थाले महिलाको जीवन शैलीलाई परिवर्तन गर्न सहयोग पुर्‍याएको छ । काम गर्ने जोश, जाँगर हुनेलाई लघुवित्त संस्था वा बैंक तथा वित्तीय संस्थाले सहजै व्यवसायिक कर्जा दिन्छन् । राष्ट्र बैंकले पनि अहिले धेरै लघुवित्त संस्थालाई वित्तीय कारोबारको अनुमति दिएको छ ।
 
लघुवित्त संस्थाका कर्मचारी यति चनाखो हुनुपर्छ कि प्रायः सदस्यहरुको हरेक व्यवहारको सुक्ष्म निगरानी राख्नु पर्छ । अहिले  बिशेष गरी काठमाडौंको परिवेशमै हेर्ने हो भने धेरै लघुवित्त संस्थाहरु क्रियाशील छन् । तर नेपाल राष्ट्र र्बैकले जुन मापदण्ड तोकेर इजाजत दिएको हुन्छ, त्यो कुनै पनि लघुवित्त संस्थाले लागू गरेको पाइएको छैन । अझ भन्ने हो भने काठमाडौको लघुवित्त कार्यक्रम फेसन जस्तै बनेको छ । 
 
साथीको लहलहैमा लागेर लघुवित्तको सदस्य बन्नेहरु देखिएका छन् । खासै काम पनि नहुने र ब्यापार ब्यबसाय पनि केही नभएकाहरु लघुवित्त संस्थाको सदस्य बन्ने होड बढिरहेको छ । केही धितो पनि राख्नु नपर्ने र सामुहिक ग्यारेन्टीमा ऋण पाइने हुँदा घर परिवारका सदस्यलाई समेत सुँइको नदिई ऋण प्रयोग गर्नेहरु पनि छन् । एउटा लघु वित्त कम्पनीबाट ऋण लिने र अर्कोमा लगेर तिर्ने क्रम बढिरहेको छ ।
 
यहाँसम्म कि एकजना महिलाले १५ वटा लघुवित्त संस्थाबाट समेत ऋण लिएको पाइन्छ । एउटाबाट लियो अर्कोलाई तिर्‍यो, जब एउटा  लघुवित्त संस्थाले कर्जा दिन रोक्दिन्छ, अनि सबै संस्थाको किस्ता रोकिन्छ । सबै लघुवित्त संस्थाले दुःख पाउन थाल्छन् ।  नेपाल राष्ट्र बैंकले गरिब पहिचान गरेर दिने भने पनि यस्तो नियम कतै लागू भएको पाईंदैन । 
 
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जे वा जुन उद्देश्यले कामको स्वीकृति दिएको हो त्यही अनुसारको काम गर्नुपर्छ । अहिले क बर्गका बैंकले आफ्नो कुल कर्जाको ५%, बिकास बैकले ४.५% र फाइनान्स कम्पनीले ४% बिपन्न बर्गको लागि कर्जा लगानी गर्नुपर्ने प्रावधान छ । त्यो नियम पालना गरेमा आफैं व्यवसाय गर्नेलाई सानो तिनो कर्जाको लागि कर्जा पाउन कठिनाई हुँदैन । 
 
राष्ट्र बै‌कको निर्देशन तथा नीति नियमको पूर्ण पालनाबाट मात्र देशमा आर्थिक लगानी तथा व्यवसायिक वातावरण पनि बन्दै जानेछ । यसैमा छ, आर्थिक समृद्धिको सम्भावना । लघु वित्त कम्पनीले गरिब पहिचान गरी व्यवसायिक योजना सहित ऋण प्रवाह गर्ने र असुल गर्ने बाटो बनाइदिए न लघुवित्त कम्पनीहरु डुब्छन् न त गरिबको थाप्लोमा ऋणको भार नै थपिन्छ । यसबाट नै देशको हरेक गाउँघरले आर्थिक काँचुली फेर्न सक्छ ।                                              

(न्यौपाने गण्डकी विकास बैंक, महाराजगञ्ज शाखामा कार्यरत हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

    यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ ।

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया