MENU

विज्ञान प्रविधि

Ncell Axiata

पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।बेलायतको युनिर्भसिटी कलेज लण्डनका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा टाइप टू डाइबिटिजको औषधिबाट पार्किन्सनलाई रोक्न सकिने देखिएको हो । अहिले प्रयोग गरिएको औषधिबाट पार्किन्सनका लक्षणहरुलाई व्यवस्थापन अर्थात थप फैलिनबाट रोक्न सकिने ल्यानसेट जनर्लमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर यसले मष्तिस्कका सेल (कोष) लाई मर्नबाट भने रोक्न सक्दैन । ६२ जनामा गरिएको अध्ययनको क्रममा औषधिले पार्किन्सन रोगलाई बिस्तार हुनबाट रोक्न सकिने संकेत मिलेको अनुसन्धानमा संलग्न प्राध्यापक टम फोल्टनीले बताउनुभयो ।

पार्किन्सनले मानिसको मष्तिस्कलाई तीब्र गतिमा निष्क्रिय बनाउँदै लैजान्छ । यस्तै यसले डोपामाइन हर्मोन उत्पादन गर्ने सेललाई पनि असर गर्छ । यसले गर्दा व्यक्तिमा विचलन आउने, हिँडडुलमा समस्या हुने र विस्तारै स्मरण क्षमता कम हुँदै जान्छ ।

अहिलेसम्म सेललाई मर्नबाट रोक्ने कुनै औषधि बनेको छैन । तर थेरापीबाट डोपामाइन हर्मोनको उत्पादनलाई भने केही बढाउन सकिन्छ । पछिल्लो अनुसन्धानले भने रोगलाई बिस्तार हुनबाट रोक्न सकिने संकेत मिलेको छ ।

यसमा थप अनुसन्धानको खाँचो रहेको र अहिले प्रयोग गरिरहेको टाइप टू डाइबिटिजको औषधिलाई थप प्रभावकारी बनाउन सके पार्किन्सनको उपचार पनि सम्भव हुन सक्ने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया