MENU

राजनीति

Ncell Axiata

भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम

चितवन, साउन २१ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा १ सय ७० मतले अघि हुनुहुन्छ । अहिले २० नम्बर वडाको ४ सय २ मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।  

पछिल्लो मत परिणाम

देवी ज्ञवाली–४२०६९
रेणु दाहाल–४१८९९

वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर १९ को मतगणना सकिँदा रेणुभन्दा देवी २ सय २१ मतले अघि हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया