MENU

साहित्य/ कला

Ncell Axiata

खेम ओझा स्मृति प्रतिष्ठान स्थापना, चारवटा पुरस्कार घोषणा

काठमाडौँ, साउन २१ - शनिबार काठामाडौँमा आयोजित एक कार्यक्रममा ‘खेम ओझा स्मृति प्रतिष्ठान’ स्थापनाको घोषणा गरिएको छ ।

कार्यक्रममा साहित्य, कला र संगीतका क्षेत्रमा विभिन्न चारवटा पुरस्कारको घोषणासमेत गरियो।खेम स्मृति प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाले प्रतिष्ठानको घोषणा गर्नुभएको हो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निलमकुमार ओझाले प्रतिष्ठानले पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर सामाजिक, सांस्कृतिक, शैक्षिक, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्य राखेको बताउनुभयो। 

अध्यक्ष ओझाले साहित्यतर्फ १० हजार रुपैयाँ राशिको पाण्डुलिपि पुरस्कार एक जनालाई, पाँच हजार राशिको उत्कृष्ट साहित्कि कृति पुरस्कार एक जनालाई दिइने जानकारी दिनुभयो । यसरी नै चित्रकला, नृत्यकला र मूर्तिकलालाई समेट्ने गरी पाँच हजार रुपैयाँ राशिको कला पुरस्कार एक जनालाई र संगीत, गायन र गीत रचनातर्फ एक जनालाई पाँच हजार रुपैयाँ राशिको संगीत पुरस्कार दिइने घोषणा पनि कार्यक्रममा गरियो । उहाँले केही समयमै अक्षय कोषको रकम वृद्धि गरी पचास लाख रुपैयाँ पुऱ्याइने र त्यसपछि वृहत क्षेत्रमा काम गरिने योजना रहेको उल्लेख गर्नुभयो ।

साहित्यकार प्राज्ञ वियोगी बुढाथोकीले प्रतिष्ठानको उद्देश्य पूरा होस् भनी शुभकामना दिनुका साथै यस्ता कार्यहरुले अन्य व्यक्तिहरुलाई पनि नयाँ नौला काम गर्न प्रेरित गर्ने बताउनुभयो ।

प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाले खेम ओझाको व्यक्तित्वबारे परिचयात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कवि प्राज्ञ श्रवण मुकारुङले दिवङ्गत व्यक्तिहरुको सम्झनामा असल उद्देश्यले खोलिएका संस्था र यस्ता प्रतिष्ठानहरुले समाज र राष्ट्रलाई नै सकारात्मक प्रभाव दिने उल्लेख गर्नुभयो । 

घोषित पुरस्कार आगामी वर्षदेखि दिइने महासचिव घनेन्द्र ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया