MENU

समाज

Ncell Axiata

आज चन्द्रग्रहण, ग्रहणको फल कुन राशीलाई कस्तो ?

काठमाडौं, साउन २३ – ग्रहणको फलबारे केहीलाई विश्वास लाग्दैन । तर ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन र कुन राशीलाई कस्तो प्रभाव पर्छ भनेर सोधीखोजी गर्नेहरु पनि धेरै हुन्छन् । 

ज्योतिषीय विधान अनुसार सोमबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले दिउँसो २ बजेदेखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने खान हुन्छ । ‘ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुने र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो बेला खान हुँदैन भनिएको हो’  ज्योतिष बलराम उपाध्याय खकुरेलले भन्नुभयो ।

यस्तै राशी अनुसार ग्रहणको प्रभाव फरक हुने पनि ज्योतिषहरु बताउँछन् । ज्योतिषहरुका अनुसार मकर राशीको श्रवण नक्षत्रमा चन्द्रग्रहण पर्छ । त्यसैले मकर राशीका व्यक्तिले सोमबारको चन्द्रग्रहण अवलोकन गर्न नहुने ज्योतिषको भनाई छ ।

ज्योतिषका अनुसार मेष, धनु र सिंह राशी भएकालाई ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मकर, कन्या, वृष, मिथुन, कुम्भ र तुला राशीका लागि ग्रहणको फल राम्रो नभएको ज्योतिषको भनाई छ । ज्योतिषका अनुसार मीन, कर्कट र वृश्चिक राशीकालाई भने यो ग्रहण शुभ छ । 

आज राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेपछि भोजन निषेध !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुम्लाको तिला नदीमा जिप खस्यो

    जुम्ला, भदौ ७ – जुम्लाको पातरासी गाउँपालिकामा जिप दुर्घटना भएको छ । भे १ च २१ ४४ नम्बरको जिप सडकबाट तिला नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रु झारेर फर्कने क्रममा जिप दुर्घटना भएको र जिपका चालकको उद्धार गर्ने पहल भैरहेको प्रहरीले जनाएको छ ।

  • वर्षाको पानी जमेको खाल्डोमा पौडी खेल्दा एक बालकको मृत्यु

    सर्लाही, भदौ ७ – सर्लाहीको सलेमपुरमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर बुधबार एक बालकको ज्यान गएको छ । झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको ज्यान गएको हो ।

  • जबदीघाट पुल, गलत डिजाइनका कारण भत्किएको दाबी

    काठमाडौं, भदौ ७ – नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

  • खेलिरहँदा छतबाट खसेर बालकको मृत्यु

    झापा, भदौ ७ – घरको छतबाट खसेर झापामा एक बालकको ज्यान गएको छ । मेचीनगर नगरपालिका-१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षका छोरा जोना रसालको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

    रामेछाप, भदौ ७ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्वा गाउँपालिका वडा नं ३ टोकरपुरका धनबहादुर थापामगरको ज्यान गएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया