MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

दूध बिक्रीमा समस्या हुँदा किसान मारमा

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, साउन २३ – तेह्रथुमका गाउँमा उत्पादन भएको दूध र दूग्धजन्य बस्तुहरु निकासी नहुँदा किसानहरु मारमा परेका छन् । निर्माणाधीन सबै सडकहरु वर्षाका कारण अवरुद्ध भएपछि ढुवानी गर्न समस्या भएको हो । वर्षाका कारण सडकमा पहिरो खसेर दर्जन बढी कृषि सडक अवरुद्ध छन् । खाल्डा–खुल्डी भएका कारण यातायातका सवारी साधनसँगै दूध बोक्ने साना गाडीसमेत सञ्चालनमा आउन सकेका छैनन् ।   

किसानहरुले उत्पादन गरेको दूध र दूग्धजन्य बस्तुहरु उद्योगमै थन्किएको छ । दूध संकलन केन्द्रहरुबाट दूध ढुवानी हुन नपाएपछि किसानको दूध संकलन केन्द्रले लिन छाडेका छन् । ढुवानीमा समस्या भएपछि किसानको खरिद गर्न छाडिएको छथर दूग्ध सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताउनुभयो ।

आम्दानीको मुख्य श्रोतको रुपमा गाईपालन गर्दै आएका किसानलाई दैनिक बिक्री हुने दुध समेत बिक्री हुन छाडेपछि समस्या भएको हो । ढुवानीमा समस्या आएपछि दूध निकासी हुन छाडेको र किसानलाई दैनिक लाखौँ रुपैयाँको नोक्सानी भइरहेको छथर गाउँपालिका–१ का किसान राजकुमार पन्तले बताउनुभयो ।

यहाँका फुलेक, बसन्तपुर, दाँगपा, सदुाप, ओख्रे, हमरजुङ र आङिदम गाउँका किसानले उत्पादन गरेको दूध सडककै कारण ढुवानीमा समस्या भएपछि निकासी हुन नपाएको सबिन गाई फर्म आङिदमका सन्चालक सविन भट्टराईले बताउनुभयो । ‘दैनिक लाखौँ रुपैयाँको नोक्सानी भइरहेको छ,’ उहाँले भन्नुभयोे, ‘ढुवानीकै कारण दैनिक झण्डै पाँच हजार लिटर दूध बिक्री भएको छैन ।’ दूध स्टक भएपछि किसानलाई समस्या भएको छ ।  

‘दूध खेर त जाँदैन, तर दुधबाट उत्पादन भएको बस्तुसमेत बिक्री गर्न नपाएपछि चाँहि झन् समस्या हुने रहेछ,’ कृषक भट्टराईले भन्नुभयोे । किसानले लाखौँ रुपैयाँ लगानी गरेर जिल्ला बाहिरबाट उन्नत जातका गाई ल्याएर पालेका छन् । 

तर भएको उत्पादन भने बजार नपाउँदा किसान चिन्तित बनेका हुन् । गएको दुई महिना यता किसानले उत्पादन गरेको दूध र दूग्धजन्य बस्तुहरु निकासीमा समस्या रहेको जलकन्या कृषक पशुपालन सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टराईले बताउनुभयो । किसानले उत्पादन गरेको दूध यहाँ विभिन्न चिस्यान केन्द्रहरुमा संकलन हुन्छ । 

ती केन्द्रहरुबाट धनकुटा हुँदै धरान र विराटनगर तर्फ दूध निकासी हुने गरेको छ । गाउँमा खुलेका दूग्धजन्य उद्योगले समेत भएको उत्पादनले बजार पाउन छाडेपछि अहिले किसानको दूध खरिद गर्न छाडेका छन् । 

उद्योगले समेत दूध खरिद गरिदिन छाडेपछि किसानलाई अझै धेरै मर्का परेको सुदापका किसान काजीमान आँखेवाले बताउनुभयो । किसानले वर्षेनी दूध र दूग्धजन्य बस्तुको निकासीका लागि समस्या बेहोर्दै आएका छन् । 

छथर गाउँपालिकाबाट मात्रै दैनिक ५ हजार लिटर बढी दूध निकासी हुने गरेको छ । यहाँका किसानले एकै घरमा १० वटा सम्म गाई पालेका छन् । गाईको दूध प्रति लिटर ४० रुपैयाँदेखि ५५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यहाँ उत्पादित दूध धनकुटाको हिलेस्थित जीवन बिकास डेरी र धरान डेरीले खरिद गरेर लैजाने गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुनार उत्पादन घट्यो

    दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि ...

  • ​कुखुरापालन व्यवसायले फेरिएको दैनिकी

    डोटी, पुस २ – दिपायलकी शारदा विष्टले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । सिलगढी नगरपालिका –४, कुमालीकोटकी ३५ वर्षीया विष्टले एकवर्ष पहिलेदेखि कुखुरापालन व्यवसाय सुरु गर्नु भएको हो ।

  • बगाले बगेडी अति संकटापन्नको सूचिमा

    काठमाडौं, पुस २ – अन्धविश्वास र संरक्षणमा चासो नपुग्दा बगाले बगेडी चरा अति संकटापन्नको सूचिमा परेको छ । नेपाल, चीन, भियतनाम लगायत देशमा पाइने यो चरालाई वातावरणको अध्ययन गर्ने संस्था इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर एण्ड बर्ड लाइफ इन्टरनेसनलले अति संकटापन्न को सूचिमा राखेका हुन् ।

  • ​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

    काठमाडौं, पुस २ – हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लागेकोको ४८ घण्टा नपुगेकाले जल तथा मौसमपूर्वानुमान महाशाखाले शितलहरको औपचारिक घोषणा भने गरेको छैन ।

  • उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, शून्य डिग्रीसम्म पुग्ने अनुमान

    काठमाडौं, पुस –तापक्रम घटेसँगै काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया