MENU

समाज

Ncell Axiata

उपत्यकाका कुन-कुन सम्पदाको पुनर्निर्माण सकियो ?

लक्ष्मण शर्मा/उज्यालो । 

काठमाडौं, साउन २३ – भूकम्पले क्षति पुर्‍याएको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विश्व सम्पदा सूचिमा सूचिकृत सातवटा सम्पदाको पुनर्निर्माणको लागि पुरातात्विक विभागले काम गरिरहेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट हुने कामको पनि विभागले नै अनुगमन गर्ने गरेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै सरकार र विभागको चौतर्फी आलोचना पनि भैरहेको हुन्छ । सरकारले पर्याप्त बजेट समयमा नै उपलव्ध नगराउँदा कामले सोचे अनुसारको गति लिन नसकेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । 

विश्व सम्पदा सूचिमा रहेका नेपालका सम्पदाको सन्तोषजनक काम नभएको भन्दै युनेस्कोले खतराको सूचीमा राख्ने भनेर चेतावनी दिएको थियो । आफूहरुले खतराको सूचिमा नेपालका सम्पदालाई पर्नबाट जोगाएर ठूलै काम गरेको महानिर्देशक दाहालको दावी छ ।  

पुनर्निर्माण सम्पन्न भएको विवरण ः

चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिर परिसरमा रहेका किलेश्वर महादेव मन्दिर, शान्तिपुर पूर्वतर्फको पाटीको निर्माण सम्पन्न भएको छ ।

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्र आसपासमा रहेका खौमागेट, रामेश्वर, द्धिमाजु, यन्त्रवत्सलाको निर्माण कार्य सम्पन्न भएको छ । 

स्वयम्भूनाथ स्तुप

स्वयम्भू आसपास रहेका शान्तिपुर पूर्वतर्फको पाटी, मञ्जुली सत्तल, टासी गोमाङ चैत्य, बसुबन्धु चैत्य र पुरानो स्वयम्भू चैत्यको पुनर्निर्माण सम्पन्न भएको छ । 

पाटन दरबार क्षेत्र

पाटन आसपासका स्वठ गणेश, पटुको गणेश, सुन्दरी चोक, भिमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, योग नरेन्द्र मल्लको शालिकको निर्माण कार्य सम्पन्न भएको छ ।  

हनुमान ढोका दरबार क्षेत्र

हनुमान ढोका आसपासका पञ्चमुखी हनुमान र मोहनकलीचोकको पश्चिमी मोहडा , तलेजु महादेव मन्दिर र सिह सतल, लक्ष्मीनारायण मन्दिर, नागराभवनको निर्माण भएको छ ।  

बौद्धनाथ महाचैत्य

बौद्धनाथ क्षेत्रको पुनर्निर्माण सकिएर मंसिर ७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्धनाथको उदघाटन समेत गर्नुभएको छ । 

तस्बिर : ऋग्वेद शर्मा/उज्यालो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया