MENU

विज्ञान प्रविधि

Ncell Axiata

गुगल कम्पनीमा खलबली, कारण के ?

साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ । गुगलमा कार्यरत एक सफ्टवेयर इन्जिनियरले एक गोपनिय नोटमा शीर्ष प्राविधिक पदमा महिला नियुक्त नहुनुको कारण पुरुष र महिलाबिच रहेको जैविक अन्तर रहेको उल्लेख गरेका थिए । उनले लैंगिक अन्तरलाई लैंगिक विभेदका रुपमा बुझ्न नहुने पनि लेखेका थिए ।

उनले लेखेको विचार बाहिरिएपछि अहिले गुगल कम्पनीमा खलबली मच्चिएको छ । धेरैले ति इन्जिनियरको आलोचना गरेका छन् । तर उनले भने गुगलबाट धेरै साथीले आफ्नो विचारप्रति आभार प्रकट गर्दै सन्देश पढाएको बताएका छन् । कम्पनीको इन्टरनल डिस्कशन बोर्डमा पोस्ट गरिएको यो विचार प्रविधि सम्बन्धी वेब साइट गिजमोडोले प्रकाशित गरेको छ । इन्जिनियरको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

जैविक रुपमा महिला र पुरुषबिच रहेको विविधका कारण क्षमता अलग अलग रहने गरेको र यसै कारण प्राविधिक पदको शीर्ष तहमा महिला पुरुष भन्दा निकै रहने गरेको उनले दाबी गरेका छन् । आम रुपमा महिलाले समाज कल्याण वा कला क्षेत्रको तथा पुरुषले कोडिङ्ग क्षेत्रको जागिर रुचाउने गरेको पनि उनले उल्लेख गरेका छन् । यस विषयमा प्रतिक्रिया दिँदै गुगलका नयाँ विविधता (डाइभर्सिटी) उपप्रमुख डेनियल ब्राउनले आफू तथा कम्पनी दुवैले इन्जिनियरको भनाईको समर्थन वा प्रोत्साहन नगर्ने बताए । कम्पनीलाई विविधताले भरिपूर्ण र समावेशी बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • तिजको अवसरमा टेलिकमको यस्तो छ अफर

    काठमाडौं, भदौ ४ – नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर दिने भएको छ । अफर अन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् ।

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया