MENU

राजनीति

Ncell Axiata
NIC Asia

देवी ज्ञवालीले भने–म हारेको होइन, षड्यन्त्रले हरायो

काठमाडौं, साउन २३ – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवारी दिएर पराजित भएका देवी ज्ञवालीले आफूलाई नागरिकले जिताएको तर षड्यन्त्रले हराएको दाबी गर्नुभएको छ ।

वडा नम्बर १९ मा शुक्रबार फेरि मतदान भएपछि शनिबार बेलुका सकिएको मतगणमा कांग्रेससँगको सहकार्यमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाल मेयरमा विजयी हुनुभयो । पराजित भएका ज्ञवालीले आफ्नो फेसबुक पेज मार्फत आफू षड्यन्त्रका कारण पराजित भएको बताउनुभएको हो ।

वडा नम्बर १९ को विषयमा सर्वोच्च अदालतको निर्णय आउन ढिलाइ हुँदा समय बर्बाद भएको र त्यही समयमा आफू विरुद्ध सबै खालको षड्यन्त्रले भएको उहाँले दाबी गर्नुभएको छ । आफू हारेको नभइर जितेको तर षड्यन्त्रले मात्रै आफू पछि परेको उहाँको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया