MENU

राजनीति

Ncell Axiata

जिसस सुर्खेतमा कांग्रेसको प्यानल नै विजयी

सुर्खेत, साउन २३ – जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा कांग्रेसका  उम्मेदवार निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भटटराई निर्वाचित हुनुभएको छ । समितिको महिला सदस्यमा बालकुमारी पुन, रमा बिसी र पुर्णा चालिसे चयन हुन भएको छ । त्यस्तै दलित अल्पसंख्यकबाट पुसे कामी र अन्यबाट वीरसिंह घर्ति, बासुदेव शर्मा र तिर्थ रावल विजयी हुनुभएको छ ।

सोमबार भएको चुनावमा कांग्रेसका उमेदवारले ११ मत र एमालेका उम्मेदवारले ७ मत प्राप्त गरे । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा समन्वय समितिको लागि १८ जना मतदाता थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया