MENU

राजनीति

Ncell Axiata

जिसस मकवानपुरमा एमालेको प्यानल विजयी

मकवानपुर, साउन २३ – जिल्ला समन्वय समिति मकवानपुरमा एमालेको प्यानल नै विजयी भएको छ । सोमाबार भएको  चुनावबाट समन्वय समितिको प्रमुखमा एमालेका रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनीसहितको प्यानल विजयी भएको हो ।

चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दिएका भएपनि पराजित भएको छ । विजयी भएका सबैले १४/१४ मत प्राप्त गरेका छन् ।

समन्वय समितिको सदस्यमा देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानोकान्छी स्याङतान र सरिता बिक विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया