MENU

राजनीति

Ncell Axiata

जिसस दैलेखमा एमालेको प्यालन विजयी

दैलेख, साउन २३ – जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल नै विजयी भएको छ । प्रमुख, उपप्रमुख र सदस्यसहित ९ जना पदाधिकारीका लागि दैलेखमा सोमबार भएको चुनावमा एमाले विजयी भएको हो ।

प्रमुखमा प्रेमबहादुर थापा, उपप्रमुख पदमा लक्ष्मीदेवी शाह तथा सदस्यमा सर्बराज महतारा, चन्द्रकला नेपली, नन्दे खड्का, बालकृष्ण केसी, गीता चन्द, ललितजंग माझी र चन्द्रकला रावल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।

जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका समेत ११ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२ जना मतदाताले जिल्ला समन्वय समितिका लागि मतदान गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया