MENU

राजनीति

Ncell Axiata

जिसस धादिङमा एमालेको प्यानल विजयी

धादिङ, साउन २३ – जिल्ला समन्वय समिति धादिङमा एमालेको प्यानल नै विजयी भएको छ । २६ मतदाता रहेको जिल्ला समन्वय समितिकको प्रमुखमा नेकपा एमालेका जगन्नाथ नेपालले १७ मतप्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेकपा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभयो । सदस्यमा कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी,  कमल नारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार, उर्गेनवति तामाङ १६÷१६ मत प्राप्त गरी विजयी हुनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया