MENU

समाज

Ncell Axiata

धाराको टुटी खाने प्रविण, तीनपटक सुधार गृह बस्दा नि छुटेन बानी

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, साउन २३ – ललितपुरको कुसुन्तीमा प्रहरी इन्काउन्टरमा परेर लागु औषधको कारोबारी भनिएका एक व्यक्तिको ज्यान गएको छ । सोमबार दिउँसो झण्डै २ बजेतिर प्रहरी इन्काउन्टरमा परेर ललितपुरको कुसुन्ती घर भएका प्रविण खत्रीको ज्यान गएको हो । 

३२ वर्षे खत्रीलाई गोली लागेर गम्भीर घाइते भएको अवस्थामा ललितपुरस्थित पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । पाटन अस्पतालका डाक्टरले खत्रीलाई मृत घोषित गरेका थिए । 

कसरी भयो घटना ?

केही दिनअघि अपराध महशाखामा सूचना आएको प्रविण खत्री लागु औषधका कारोबारी हुन् । उनीसँग पेस्तोल पनि छ । छरछिमेकलाई दुःख दिने गरेका छन् । सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले गोप्य रुपमा उनीमाथि निगरानी बढाएको थियो । 

खत्रीको लाकेशन पत्ता लगाउन सोमबार बिहान ६ बजे नै अपराध महाशाखाको टोली कुसुन्ती क्षेत्र पुगिसेकेको थियो । हतियार देखाएर रकम समेत असुल्ने गरेको सूचना पाएको प्रहरीले खत्रीको घर पत्ता लगाउन केही समय लागेको थियो । 

खत्री घरमै रहेको र उनको साथमा दुई वटा पेस्तोल समेत भएको पत्ता लागेपछि गुलाबी रंग लगाएको खत्रीको घरमा झण्डै सवा दुई बजे अपराध महाशाखाको टोली पुगेको थियो ।

‘खत्री घरभित्र कोठामा पेस्तोल लिएर बसेका हामीले पनि उच्च सर्तकता अपनाउनु पर्ने थियो’ एक प्रहरीले भने । ढोका खोल्न केही बरे आग्रह गर्दा पनि खत्रीले ढोका खोलेनन् । ढोका खोल्नुका सट्टा उनी पछाडिबाट हाम फालेर प्रहरीतर्फ फायर गर्दै भागेको अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताउनुभयो ।

उनी साढे दुई तल घरको कौशीबाट हाम फालेर पद्म कोलोनीतर्फको खुल्ला चौरमा पुगेका थिए । प्रहरीका अनुसार लागु औषधका कारोबारी भनिएका खत्रीले चौरमा पुगेपछि फायर गरेका थिए ।  जवाफमा प्रहरीले पनि फायर गरेको थियो । दुईवटै हातमा पेस्तोल बोकर भागेका खत्रीले आफैले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् वा प्रहरीको गोली लागेर उनको ज्यान गएको यकिन हुन सकेको छैन । प्रहरीले भने खत्री आफैले मानसिक तनावमा आएर कन्चटमा आफ्नै पेस्तोलले गोली हानेको र ज्यान गएको प्रहरीले जनाएको छ । 

गोली लागेर गम्भीर घाइते भनिएका खत्रीलाई प्रहरीले आफ्नै भ्यानमा हालेर पाटन अपताल पु¥याएको थियो । अस्पताल पु¥याए पनि डाक्टरले उनलाई मृत घोषित गरे । 

हतियार लिने प्रहरीको उद्देश्य

दुईवटा हतियार रहेको थाहा पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले उनको हतियार लिने र कानून बमोजिम कारबाही गर्ने उद्देश्यसहित प्रहरी टोलीको खत्रीको घर पुगेको थियो । ३० वर्षे प्रविण खत्री लागु औषध कारोबारी भन्दा पनि लागु औषध दुर्व्यवसनी भएको छिमेकी बताउँछन् । उनलाई केही समय पहिले लागु अषौध नियन्त्रण व्यूरोको टोली लागु औषध दुर्व्यसनी भएको भन्दै पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई पुनर्स्थापना केन्द्रमा उपचार गराउन भन्दै छाडेको थियो । उनी पुनर्स्थापन केन्द्र नबसी आफ्नो पहिलेकै दैनिकी बिताउने गरेका थिए । 

अपराध महाशाखाले भने उनी आजभन्दा झण्डै १० वर्ष पहिले लागु औषधको कारोबारीमा पक्राउ परेको जनाएको छ । दुई÷दुई वटा हतियार खत्रीसँग भएकाले उनी हतियारका पनि कारोबारी हुनसक्ने प्रहरीको आशंका छ । 

के भन्छ परिवार ?

खत्रीका बारेमा परिवारका सदस्यको कुरा भने केही बाझिएको छ । मृतकका केही आफन्तले यसको सत्य तथ्य छानबिन हुन पर्ने माग गरेका छन् । मृतकका बुवाले यसमा प्रहरी दोषी भएको आरोप लगाउनुभएको छ । मृतकका आमाले भने आफ्नो छोराको आचारण पनि केही खराब भएको स्वीकार्नुभएको छ ।

को हुन् प्रवीण खत्री ?

प्रवीण खत्री लागु औषध दुर्व्यसनी भएको प्रहरीले जनाएको छ । उनी तीन पटकसम्म सुधार गृह नार्कोनन्मा बसेको लागु औषध नियन्त्रण व्यूरोका प्रमुख डिआइजी धिरु बस्न्यातले जानकारी दिनुभयो ।

सम्पन्न परिवारका व्यक्ति प्रविणले सुधार गृहमा बस्दा लागु औषध खान नपाएपछि सुधार गृहको धाराका टुटी खाएका थिए । धाराका टुटी खाएपछि उनको पेटको अपरेशन गरिएको थियो । अत्याधिक लागु औषध खाने खत्रीलाई लागु औषध नियन्त्रण व्यूरोले गएको असोज ६ गते परिवारको जिम्मा लगाएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुम्लाको तिला नदीमा जिप खस्यो

    जुम्ला, भदौ ७ – जुम्लाको पातरासी गाउँपालिकामा जिप दुर्घटना भएको छ । भे १ च २१ ४४ नम्बरको जिप सडकबाट तिला नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रु झारेर फर्कने क्रममा जिप दुर्घटना भएको र जिपका चालकको उद्धार गर्ने पहल भैरहेको प्रहरीले जनाएको छ ।

  • वर्षाको पानी जमेको खाल्डोमा पौडी खेल्दा एक बालकको मृत्यु

    सर्लाही, भदौ ७ – सर्लाहीको सलेमपुरमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर बुधबार एक बालकको ज्यान गएको छ । झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको ज्यान गएको हो ।

  • जबदीघाट पुल, गलत डिजाइनका कारण भत्किएको दाबी

    काठमाडौं, भदौ ७ – नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

  • खेलिरहँदा छतबाट खसेर बालकको मृत्यु

    झापा, भदौ ७ – घरको छतबाट खसेर झापामा एक बालकको ज्यान गएको छ । मेचीनगर नगरपालिका-१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षका छोरा जोना रसालको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

    रामेछाप, भदौ ७ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्वा गाउँपालिका वडा नं ३ टोकरपुरका धनबहादुर थापामगरको ज्यान गएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया