MENU

समाज

Ncell Axiata

एक कक्षामा पढ्ने दुर्गालाई ‘कक्षाका साथीले बजै भन्दा लाज लाग्छ’

तपेन्द्र बिष्ट/उज्यालो । 

डडेल्धुरा, साउन २४ – उमेर घर्किदै जानु अनि बुढो हुँदै जानु, यो एक प्राकृतिक नियम नै हो । तर मान्छे जति बुढो भएपनि  सिक्ने रहर भने कहिल्यै बुढो हुँदैन् । यसैको उदहारण बन्नुभएको डडेल्धुराको अमरगढीकी ६१ वर्षकी दुर्गा पाण्डे । अमरगढी नगरपालिकामा रहेको भृकुटी आधारभूत विद्यालयमा अहिले ६५ जना विद्यार्थी छन् । तिनै विद्यार्थी मध्ये एक हुनुहुन्छ कक्षा एकमा अध्यनरत ६१ वर्षकी दुर्गा पाण्डे । 

२०१५ सालमा बैतडीको देहिमाण्डौमा जन्मनु भएकी पाण्डे एक महिनाअघि भृकुटी आधारभुतमा कक्षा एकमा भर्ना हुनु भएको विद्यालयका प्रध्यानाध्यापक नरेश नगरकोटीले बताउनुभयो । उहाँ अरु बालबालिका जस्तै निरन्तर विद्यालय आउने गरेको प्रध्यानाध्यापक नगरकोटीले बताउनुभयो ।

‘सानो छँदा घरपरिवारले पनि छोरीले पढ्नु हुन्न, ईज्जत जान्छ भनेर स्कुल लगाउन छोडेर गोठालो पठाए’ उज्यालोसँग कुरा गर्दै दुर्गाले भन्नुभयो ‘अहिले आएर पढ्ने मन लाग्यो, कक्षा एकमा भर्ना भएकी छु । बुढेसकालमा आएर पढ्न मन लाग्यो, किताबी ज्ञान कस्तो हुन्छ जान्ने चाहना लाग्यो ।’ कक्षामा बस्दा विद्यार्थीले आफूलाई बजै भनेर बोलाउँदा भने लाज लाग्ने गरेको उहाँले सुनाउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘समाजमा आफ्नो पहिचान बनाउन शिक्षा अत्यावश्यक छ ।’ ६१ वर्षमै भए पनि आफू शिक्षित भएर समाजका लागि केही राम्रो गर्छु भन्ने उहाँको विचार छ ।

दुर्गाको बाल्यकाल

दुर्गा सानैबाट दुःख खेप्दै हुर्कनु भयोे । ८ बर्षको छँदा बुवा गुमाउनु, १० वर्षको कलिलो उमेरमा घर परिवारले बिहे गरिदिएको र १२ वर्षको हुदा आमा गुमाएनुको पीडा सुनाउँदा उहाँ भावुक हुनुभयो ।  

‘बाल्यावस्थामा न घरपरिवारको साथ पाएँ, न पढ्न पाएँ’ उहाँले भन्नुभयो ‘बाल्यकाल सम्झेर त अहिले मन खिन्न जस्तै हुन्छ ।’

बिहेपछि दुर्गाको जीवन

१० वर्षमै विवाह भएको दुर्गाको जीवन बिहेपछि जेल सरह नै भएको थियो । ‘बिहे हुँदा को सँग हुने हो, कुन ठाउँमा हुने हो, केही थाहा थिएन’ उहाँले भन्नुभयो ‘पछि श्रीमानसँग कुरा मिलेन २०३५ सालमा घरबाट ६ महिनाकी छोरीसहित निकालिएँ ।’ यति सुनाउँदा उहाँका आँखाभरि पानी भरिएको थियो । 

दुर्गाका खुशीका दिन

पछि डडेल्धुरा सदरमुकाममा आएर उहाँले बाख्रा, कुखुरा पाल्दै छोरी हुर्काउनु भयो । ज्याला मजदुरी गर्दै भएपनि छोरीलाई कहिल्यै कुनै कुराको कमि हुन नदिएको उहाँले बताउनुभयो । 

उहाँले केही दिन स्थानीय बाल मन्दिरमा खाजा बनाउने काम गर्नुभयो । सदरमुकाममा नै छोरीलाई बोर्डिङ स्कुल पढेकी दुर्गाकी छोरी एएनएम भएर अहिले स्थानीय एक स्वास्थ्य चौकीमा काम गर्नुहुन्छ । दुर्गा अहिले एक नाति र एक नातिनिको हजुरआमा बनिसक्नु भएको छ । नातिनातिनाले आफूलाई घरमा पढ्न सिकाउने गरेको कुरा सुनाउँदै गर्दा उहाँको अनुहारमा केही उज्यालो छायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया