MENU

समाज

Ncell Axiata
NIC Asia

​आमाको मृत्युमा घर फर्कन पाएनन् भिजिट भिसामा युएई गएर अलपत्र परेका यी युवा

उमाकान्त पाण्डे/उज्यालो । 

साउन २३ – ‘युएईबाट अहिले कामदारका लागि भनेर भिसा नेपाल आउँदैन, सबैजना भिजिट भिसामा नै जाने हो, उता पुगेको २/४ दिनमा कामदारको भिसा लाग्छ,’ काठमाडाैंकाे ठमेलमा रहेको अर्थलाइन ट्राभल्सकी सञ्चालिका जानकी अधिकारीले बाँकेका लोकबहादुर डाँगीलाई विश्वास दिलाइन् । 

त्यति भएपछि लोकबहादुरले पासपोर्ट र दुईवटा फोटो दिनुभयो । जानकीले भिजिट भिसामा युएई पुग्दासम्म तीन लाख २५ हजार रुपैयाँ लाग्ने बताइन् । लोकबहादुरले ब्याजमा ऋण खोजेर जानकीलाई बुझाउनुभयो । पैसा बुझाएको १३ दिनमा लोकबहादुर युएई आइपुग्नु भयो । 

उहाँलाई लिन युएई बसेर एजेन्टको काम गर्ने साजन पाण्डे सारजहाँ विमानस्थलमा पुगेका थिए । साजनको बारेमा जानकीले नै लोकबहादुरलाई बताएकी थिइन् । उहाँले साथमा लिएर आएको एक हजार डलर साजनले लिए । 

त्यसपछि लोकबहादुरलाई सारजहाँबाट झण्डै दुई सय किलोमिटर टाढा आबुधाबीको मुसाफा क्याम्पमा लगेर राखियो । क्याम्पमा लोकबहादुर सँगै भिजिट भिसामा आएका २१ जना पनि थिए । 

छोरा र ऋणको चिन्ताले आमा बिरामी 

लोकबहादुर युएई आएको ६ महिना भयो । उहाँले अहिलेसम्म काम पाउनु भएको छैन । त्यसो भएपछि ऋण तिर्ने र परिवारका लागि दुईचार पैसा जोहो गर्ने सपना बोकेर युएई आइपुगेका लोकबहादुरको सपना यतिबेला मुसाफाकै बालुवामा बिलाएको छ ।

गाउँमा खोजेको ऋण समयमै तिर्न नसक्दा साहुको कचकच त थियो नै । ६ महिनासम्म पनि छोराले पैसा नपठाउँदा ७३ वर्षीय आमा झुपी डाँगीलाई चिन्ता थपियो । यता लोकबहादुरले आफ्नो समस्याका बारेमा घरमा बताउन सक्नुभएको थिएन । वास्तविकता नबताई सुख पनि त थिएन । उहाँले ३ महिना पछि आमालाई आफ्नो बारेमा बताउनुभयो ।

यता छोराको चिन्ता, उता साहुको कचकच । झुपी बिरामी पर्नुभयो । झुपीले माइतीबाट पैसा ल्याएर ऋण तिर्ने बताउनु भएको थियो । तर छोरा र ऋणको पिरैपिरमा गएको शुक्रबार राती उहाँको निधन भयो । 

लोकबहादुर आमाको निधन पछि काजकिरियाका लागि पनि नेपाल फर्कन पाउनु भएन । ‘भिसा सकिएर ‘ओभर स्टे’ बसेको ९० दिन भैसक्यो, घर जान तीन लाख रुपैयाँ तिर्नुपर्छ, कसरी नेपाल फर्कनु,’ उहाँले भन्नुभयो । खुसी साथ बिदाइको हात हल्लाउदै परदेशिएका लोकबहादुरले मर्ने बेलामा आमालाई पानी पनि खुवाउन पाउनु भएन ।

अरु तीन जना अलपत्र  

लोकबहादुर जस्तै भिजिट भिसामा आएका अन्य तीन जनाले पनि काम पाएका छैनन् । उनीहरु आवुधाबीमा अलपत्र अवस्थामा छन् । एजेन्टले युएईबाट नेपाल कहिले फर्काउँछ उनीहरुलाई थाहा छैन् । अवैधानिक भएकाले अब नेपाल फर्कन उनीहरुले जेल बस्नुपर्छ । त्यो पनि उनीहरुलाई जानकारी छैन । 

पीडितहरु समस्या लिएर दूतावास पनि पुगे । तर समस्याको सुनुवाई नहुँदा झनै गाह्रो भएको लोकबहादुरले बताउनुभयो । चारैजना दिनहुँ आवुधाबीमा रहेको नेपाली दूतावासमा पुग्ने गर्छन् । दूतावासले सिफारिस पत्र नदिएको र आइतबार कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन दूतावासमा नभेटिएकाले आफूहरु त्यसै फर्किएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​सोलुखुम्बुको बागमको एक घरमा आगलागी

    सोलुुखुम्बु, पुस २ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ बागमको एक घरमा आगलागी हुदाँ झण्डै ७० लाख बराबरको क्षति भएकोे छ । नीय तेन्डि शेर्पाको घरमा शनिबार बेलुका ग्यास लिग भएर आगलागी हुदाँ यति क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

  • लिफ्ट मागेर मोटरसाइकल चढेका सुनारको खसेर मृत्यु

    काठमाडौं, पुस २ – काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • भारत पस्दै छन् १४ वर्षका कमलदेखि ६५ वर्षका गम्भीरेसम्म

    बैतडी, पुस २ – बैतडीको गाठालापानीमा मानिसको लस्कर भेटियो । उनीहरु आराम गरिहेका थिए । तीनै मध्येका एक थिए, कमल बोहरा । उनको उमेर १४ वर्ष भयो ।

  • खाेलामा माछा मार्न जाँदा करेन्ट लागेर मृत्यु

    नुवाकोट, पस १ – लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ । अवैद्य रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङ ज्यान गएको प्रहरीले जनाएको छ ।

  • जाजरकोटमा बनाउँदै गरेको घर भत्किँदा एकको मृत्यु

    जाजरकोट, पुस १– जाजरकोटमा बन्दै गरेको घर भत्किँदा कुशे गाउँपालिका ६ छहरा गाउँमा एक महिलाको ज्यान गएको छ । घर भत्किँदा शुक्रबार साँझ कुशे गाउँपालिका –३, की ४८ वर्षीया दुर्गा बुढाको ज्यान गएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया