MENU

मनोरञ्जन

Ncell Axiata

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

काठमाडौं, साउन २४ – तत्कालिन राजा प्रताप मल्लले पुत्रशोकमा परेकी रानीलाई सम्झाउन ललितपुरको पाटन मंगलबजारमा दिवंगत भएका आफन्तलाई गाईसहित बोलाएर भजन किर्तन गर्न लगाएको सम्झनामा मंगलबार पाटनमा गाईजात्रा मनाइएको छ । यो जात्रा काठमाडौं उपत्यकामा नौँ दिनसम्म मनाइने गरिन्छ ।

दिवंगत आफन्तको शोकमा रहेका अरु मानिसलाई दरबारमा बोलाएर गाई र श्रीकृष्णको रुपसहित भजन किर्तन गर्न लगाउँदा रानी खुशी भएपछि राजा प्रताप मल्लले वर्षेनी गाईजात्रा मनाउने परम्परा बसालेका थिए । 

सकेसम्म गाई नभए कुमार बालबालिकालाई राधा र कृष्णको रुप बनाएर भजन किर्तनसहित बजार परिक्रम गराउँदा दिंवगत आत्माले शान्ति पाउने विश्वास नेवारी समुदायमा छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा भव्य रुपले मनाइने जात्रा हेर्न हजारौँ मानिसहरुको भीड लाग्ने गर्छ । 

तर पहिलेको तुलनामा सबै दिंवगत भएका आफन्तले गाई नल्याउने र जात्रा पनि नमनाउने भएकाले यसको रौनक भने घट्दै गएको छ । जात्रा मनाउनका लागि दिंवगत भएका आफन्तले भन्दा छिमेकीले मात्रै चासो राख्ने र जात्रामा ल्याइने गाई व्यवस्थापन गर्न समस्या हुदाँ विकृति बढेकाले बर्षेनी गाईजात्रा हेर्ने दर्शक घट्दै गएको हो ।


पछिल्लो समय मौलिक परम्पराभन्दा गाईजात्राका दिन हास्यकलाकारले विभिन्न नेता र व्यक्तिको नक्कल गरेर हसाउने कार्यक्रममा दर्शकको भीड बढ्न थालेको छ । यसले नयाँ पुस्ताको फरक सोख र सिर्जनालाई प्रोत्साहन गर्ने भएपनि नेपाली सांस्कृतिक परम्परालाई  संरक्षण गर्न चुनौति बढेको छ । 

 

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

पाटनमा यसरी मनाइयो गाईजात्रा (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया