MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

खडेरीले मकैका बोट सुके, भोकमरीको चिन्ता

तेह्रथुम, साउन २५ – तेह्रथुमका दक्षिण पश्चिमी सुख्खाग्रस्त गाउँमा मकै बालीको फल नलाग्दै बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । लामो समयसम्म वर्षा नभएर खडेरी लागेपछि फल लाग्ने बेला भएका मकैका बोट सुक्न थालेका हुन् । 

छथर गाउँपालिकाका फाक्चामारा र पन्चकन्या, फेदाप गाउँपालिकाको सिम्ले, आठराई गाउँपालिकाको छातेढुंगा, चुहानडाँडा र थोक्लुङ गाउँका तमोर तटीय क्षेत्रका किसान मकैका बोटै सुक्न  थालेपछि भोकमरी हुनसक्ने भन्दै चिन्तित बनेका छन् । ‘गाउँ डुल्दै जाँदा किसानले लगाएको मकै बाली बारीमै सुक्न थालेको पाइएको छ’ छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।  

लामो समयसम्म पानी नपर्दा खडेरीले मकैसहित तरकारी र फलफूल बालीको बोटै सुकेर नष्ट भएको छथर गाउँपालिका–४, फाक्चामाराका किसान मनुलाल लिम्बुले बताउनुभयो । ‘हाम्रो मुख्य खेती भनेकै मकै बाली हो,’ उहाँले भन्नुभयोे, ‘त्यही पनि फल लाग्न नपाउँदै बोटै सुकेर मरेपछि हामीले वर्षभरि के खाने ?’ उहाँका अनुसार यहाँका हेमाङ्दिङ, लुकुवा, खिरखिरे, वसिका, हाक्पारा, बतासे, आहाले, सिङ्जेक्वा, परेवाखोप र वालङबा लगायत बस्तीका किसानले लगाएको बाली खडेरीले नष्ट पारेको हो ।

‘खडेरीले सबै बाली नष्ट गर्‍यो, गतवर्ष २० मुरी मकै फल्ने जमीनमा यसपालि १ मुरी पनि फल्ने आश छैन,’ उहाँले भन्नुभयोे । तल तमोरमा पानी बग्छ, माथि हामी तमोरको पानी हेरेर तिर्खा मेटाउन सक्दैनौँ, पन्चकन्याकी यशोदा दाहालले बताउनुभयो । सबैतिर एकैनासले पानी नपर्दा किसानले तमोर तटीय क्षेत्रका किसानले लगाएको बाली नष्ट गरेको थोक्लुङका जयप्रसाद उप्रेतीले बताउनुभयो ।

‘यो वर्ष विगतजस्तो छैन, जिल्लैभरि खण्डवृष्टिको समस्या छ, वल्लो गाउँमा पानी पर्छ, पल्लो गाउँमा खडेरीले नष्ट गरेको छ,’ उहाँले भन्नुभयो । जलवायुमा आएको परिवर्तनले किसानलाई सताएको छथर गाउँपालिकाका अध्यक्ष तिगेलाले बताउनुभयो । उहाँले सुख्खा क्षेत्रका किसानलाई बैकल्पिक खेतीमा लाग्न सुझाव दिएको बताउनुभयो ।

‘सुख्खा क्षेत्रमा खाद्यान्न बालीको खेती त्यति फष्टाउन पाएको देखिएनँ, उहाँले भन्नुभयो, ‘त्यसैले उनीहरुलाई मैले मेवा, आँप लगायतका फलफृुल खेती लगाउन भनेको छु ।,’ गाउँपालिकाले सुख्खा क्षेत्रका किसान लक्षित कार्यक्रम बनाउन लागेको उहाँले बताउनुभयो ।

यता जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले पनि किसानलाई मौषमअनुसारको खेती लगाउन सुझाव दिएको बताउनुभयो । सुख्खा क्षेत्रमा बर्षेनि बालीनाली लगाउन देखि थन्काउँदासम्म समस्या आइरहेको छ, उहाँले भन्नुभयो, ‘मैले किसानलाई आफ्नो माटो  र मौषमअनुसारको खेती लगाउन सुझाएको छु ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सामुदायिक वनबाट वन्यजन्तु र जडीबुटी हराउँदै

    लमजुङ, पुस ३ – लमजुङका सामुदायिक वनहरुमा बहुमूल्य वन्यजन्तु र जडिबुटी हराउँदै गएको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ८ र ९ का बासिन्दाले सामुदायिक वनमा वन्यजन्तु र जडिबुटी हराउँदै गएको बताएका हुन् ।

  • वीरगंजमा चिसो बढ्यो

    पर्सा, पुस ३ –गएको केही दिनदेखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसोले जनजीवन प्रभावित भएको हो ।

  • तराईमा आज पनि हुस्सु, चिसो अझै बढ्ने

    काठमाडौं, पुस ३ – तराईमा सोमबार पनि हुस्सु लागेको छ । पूर्वी र मध्य तराईको तुलनामा अहिले पश्चिम तराईमा बाक्लो हुस्सु लागेको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।

  • जुनार उत्पादन घट्यो

    दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि ...

  • ​कुखुरापालन व्यवसायले फेरिएको दैनिकी

    डोटी, पुस २ – दिपायलकी शारदा विष्टले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । सिलगढी नगरपालिका –४, कुमालीकोटकी ३५ वर्षीया विष्टले एकवर्ष पहिलेदेखि कुखुरापालन व्यवसाय सुरु गर्नु भएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया