MENU

अर्थ

Ncell Axiata

​रियाल, दिर्हाम, रिंगिटको मूल्य कमजोर, कोरियन वनको मूल्य बढ्यो

काठमाडौं, साउन २५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ६९ पैसा  र विक्रिदर २३ रुपैयाँ ८३ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०२ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ २२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ १४ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ७४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया