MENU

राजनीति

Ncell Axiata
NIC Asia

जिसस बाँकेमा कांग्रेससहितको चार पार्टी गठबन्धन विजयी

बाँके, साउन २५ –  जिल्ला समन्वय समिति बाँकेमा नेपाली कांग्रेससहित चार पार्टीको गठबन्धन विजयी भएको छ ।जिल्लामा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

समन्वय समितिको प्रमुखमा संघीय समाजावादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नरैनपुर गाविसका पूर्व अध्यक्ष अजय श्रीवास्तव निर्विरोध भएपछि बुधबार उपप्रमुख र सदस्यका लागि निर्वाचन भएको हो ।

उपप्रमुखमा नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रकुमार चौधरी ९ मत प्राप्त गरी विजयी हुनुभयो । नेकपा एमालेका अतिउल्ला खाँले ७ मत प्राप्त गर्नुभयो । गठबन्धनका विजयी उम्मेदवारको ९ मत आएको छ भने एमालेका उम्मेदवारले ७ मत
पाउनुभयो ।

१६ सदस्यीय बाँकेको जिल्लासभामा नेकपा एमालेका ७, नेपाली कांग्रेसका ६, संघीय समाजवादी फोरमको २ र राप्रपाको १ मत रहेको छ । बुधबार भएको चुनावबाट सदस्यहरुमा गठबन्धनबाट महिला सदस्यमा विमला सिंह थारु, निलम सिंह ठकुरानी र जानुका क्षेत्री बिजयी भएका छन् ।

यसैगरी अन्य सदस्यमा चेतबहादुर घर्तिमगर, गुट्टु थारु र जुल्फकर अलि मनिहार विजयी भए भने अल्पसंख्यकमा नफिस नाउ विजयी हुनुभयो । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया