MENU

बातावरण-कृषि

Ncell Axiata

खडेरीले रोपाइँ नभएका ठाउँमा अरु कुन बाली लगाउन सकिन्छ ?

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौं, साउन २५ – अघिल्ला वर्षमा जस्तै पर्याप्त पानी नपर्दा यस वर्ष पनि सबै ठाउँमा धान रोपाइँ हुन सकेको छैन । मध्य तराईका सिराहा, सप्तरी, धनुषालगायतका जिल्लामा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो । 

साउन महिनाभरि धान रोप्न सकिने भए पनि बेर्ना बुढो भएकाले किसानलाई मर्का परेको छ । धान रोपाइँका लागि खाली राखिएको जमीनमा वैकल्पिक बाली लगाउन सकिने भएकाले बाँझो नराख्न कृषि वैज्ञानिकले सुझाव दिएका छन् ।  

सुख्खा धान पनि लगाउन सकिन्छ 

नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक रामबहादुर केसीका अनुसार पानी नपरेर रोपाइँ हुन नसकेको खाली जमिनमा धान नै लगाउन सकिन्छ । तर त्यसका लागि सुख्खा धानका ६ वटा जात लगाउनु पर्छ । 

सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५ सुख्खा धान ६ मध्ये कुनै एक जातको धान लगाएर खाली जमिनमा उत्पादनमुखी बाली लगाउन सकिन्छ ।

तर यो जातको सुख्खा धान लगाउदा झार धेरै उम्रने भएकाले गोडमेल गर्नुपर्छ । आफैले गोडमेल गर्न पनि सकिन्छ, नभए पेन्डिमिथाइलिन नामको झार नाशक विषादी छरेर पनि धानलाई झारबाट जोगाउन सकिन्छ । 

यो जातको धान साउन अन्तिम र भदौको पहिलो हप्तासम्म लगाउन सकिन्छ । देशका सबैजसो एग्रोभेट पसलमा पाइने विषादी छर्किंदा ३ देखि ४ मिलिमिटर एक लिटर पानीमा मिसाएर छर्किनुपर्छ । 

अरु बाली पनि लगाउन सकिन्छ 

धान रोपाइँका लागि खाली राखिएका जमीनमा अरु वैकल्पिक बाली पनि लगाउन सकिने कृषि वैज्ञानिक केसीको सुझाव छ । यदि सजिलो र उही सिजनल बाली मकै लगाउनु परे अरुण २ अर्थात पहेलो मकै लगाउन सकिन्छ । जो छोटो समयमै फल्ने गर्छ । यस्तै अरुण १ र ३ अर्थात सेतो मकै पनि लगाउन सकिन्छ । 

यस्तै दालमा रहर नामको धनुषा र आइसिपी ७०३५ जातको बाली पनि लगाउन सकिने वैज्ञानिकको भनाई छ । यो बाली भदौ १५ गतेसम्म लगाउदा पनि हुन्छ । 

यस्तै अरु बालीमा मास (कालो मास र हरियो मासको जात), बोडी (आकाश, प्रकाश र सूर्यको जात) र तील बाली पनि लगाउन सकिन्छ । यी बाली पनि भदौ १५ गतेसम्म लगाउदा हुन्छ ।

दालकै जातमा मुङ अर्थात मुगी भन्ने जातको बाली पनि लगाउन सकिन्छ । तर फेरि ठूलो पानी पर्दा धान रोपाइँ गर्ने खाली जमिनमा लगाइएको बाली गल्ने समस्या हुन्छ । 

यसका लागि खेतबारीमा पर्याप्त रुपमा पानी निकासको व्यवस्था गर्नुपर्छ । अर्थात आकाशबाट परेको पानी जम्न वा ताल पर्न दिनुहुँदैन । 

तराईका जिल्लामा रोपाइँ हुन नसकेका ठाउँका किसानलाई कृषि मन्त्रालयले राहत र वैकल्पिक बालीका विभिन्न जातका बिउ उपलब्ध गराउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया