MENU

राजनीति

Ncell Axiata

जिसस काभ्रेमा एमालेको प्यानल विजयी

काभ्रे, साउन २५ – जिल्ला समन्वय समिति (जिसस) काभे्रमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार धुलिखेलमा भएको जिसस चुनावमा एमालेका उद्धव केसी अध्यक्षतामा एमाले प्यानल विजय भएको जिल्ला मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केसीले १४ मत प्राप्त गर्नुभएको थियो । केसीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस काभ्रेका नेता शंखबुद्ध लामाले १२ मत प्र्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा एमालेकै मञ्जु गौतम निर्वाचित हुनुभयो । 

त्यस्तै खुल्ला सदस्यहरुमा सन्तुन केसी, प्रेम लामा, कृष्णबहादुर तामाङ, विकास मग्राती विजयी हुुनुभयो भने एमालेबाटै महिला सदस्यमा राजकुमारी श्रेष्ठ, मैयाभक्ती श्रेष्ठ र दलित महिला सदस्यमा गीता सुनवार निर्वाचित हुनुभयो । 

     

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया