MENU

यो पनि समाचार

Ncell Axiata

विवाह भएको भोलिपल्टै एक दम्पतीको मृत्यु

साउन २६ – अमेरिकामा एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको छ । कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भएर श्रीमान–श्रीमती घोषित भएको एक दिन बित्न नपाउँदै दुर्घटनामा ज्यान गएको हो । रिबेका र अस्टिन वेसनको शुक्रबार विवाह भएको थियो । उनीहरु चढेको पिकअप ट्रक दुलहीको घर नजिकै शनिबार दुर्घटना भएको हो । उनीहरु दुवैजना १९ वर्षका थिए ।अदातलमा गएर कानुनी रुपमा विवाह गरेका रिबेका र अस्टिनको औपचरिक विवाह समारोह भने आउँदो सेप्टेम्बरमा गर्ने तयारी थियो । अहिले रिबेका र अस्टिनका परिवारले अन्तिम संस्कार समारोह संयुक्त रुपमा गर्ने तयारी गरेका छन् । रिबेका र अस्टिनको भेट गएको फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको थियो । अस्टिनको पुख्र्यौली घर दक्षिण अफ्रिका हो । उनले गएको जुनमा अमेरिका आउनका लागि विद्यार्थी भिसा पाएका थिए । रिबेका र अस्टिन दुवै विश्वविद्यालयको अध्ययन पूरा गर्नका लागि मिसिगन जाने तयारीमा थिए । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन र अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया