MENU

बातावरण-कृषि

Ncell Axiata

इलाम व्यावसायिक पशुपालन फस्टाउँदै

इलाम, साउन २६ – इलाममा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । व्यावसायिक पशुपालन वृद्धि भएसँगै इलाममा उत्पादित दुग्धजन्य पदार्थमा पनि वृद्धि भएको हो  । दुग्धजन्य पदार्थ बिक्रीबाट एक ८५ करोडको कारोबार भएको छ ।

जिल्लामा स्थापित दुग्धजन्य उद्योगबाट एक वर्षमा ८५ करोड रूपैयाँ भन्दा बढी दुग्धजन्य परिकारको कारोबार भएको जिल्ला पशुसेवा कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ  । वार्षिक १७ लाख १३ हजार ५ सय किलो दग्धजन्य परिकारको उत्पादन हुन्छ ।

सरदर ५ सय रूपैयाँको दरले ८५ करोड ६७ लाख ५० हजार बराबरको दुग्धजन्य परिकारको कारोबार भएको छ । चिज, घ्यू, छुर्पी, ललीपप र पनिर जस्ता परिकार बिक्री हुने गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्ष २०७३/०७४ मा १ दशमलव ८ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७२/०७३ को तुलनामा २ हजार १ सय ७८ मेट्रिक टन अर्थात १ दशमलव ८ प्रतिशत बढी दूध उत्पादन भएको हो । अघिल्लो आर्थिक वर्षमा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दूध उत्पादन भएको थियो । इलाममा उत्पादित दूधमध्ये दैनिक ३६ हजार लिटर विराटनगरस्थित दुग्ध वितरण संस्थानमा निर्यात हुँदै आएको छ ।

त्यस्तै निजी स्तरबाट दैनिक २० हजार लिटर दूध डेरी उद्योग इटहरी निर्यात हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा ५५ हजार भन्दा बढी किसानले व्यावसायिक गाईपालन गर्दै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया