MENU

बातावरण-कृषि

Ncell Axiata

पूर्व तथा मध्य तराईका नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौं, साउन २६ – पूर्वको झापाबाट मध्य तराईको बारासम्मका नदीमा बिहीबार बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बिहीबार पूर्व र मध्य क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले तराईमा डुबान तथा पहाडमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन शाखाले आग्रह गरेको हो । कन्काई, कमला, बाग्मती, खाडो, रातु लगायत चुरेबाट बहने साना नदीमा बाढी आउने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई शुक्रबार बिहानैसम्मै सतर्क रहन शाखाले अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै भएको तथा भारतको मध्यप्रदेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले बिहीबार झरी पर्ने मौसमविद वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले पनि देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।

दिउँसो एकैछिन पानी पर्न रोकिएपनि झरी पर्ने उहाँले जानकारी दिनुभयो । झरीसँगै पहाडी क्षेत्रमा पहिरो तथा तराईका क्षेत्रमा डुबानको खतरा बढेको भन्दै उहाँले सावधानी अपनाउन सबैलाई आग्रह गनुभएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया