MENU

समाज

Ncell Axiata

भाइ, बहिनी र बाआमा पाल्ने १२ वर्षका अर्जुन स्कूल जान थाले

डिबि बिष्ट/उज्यालो ।

बझाङ, साउन २६ – आमा दृष्टिबिहीन र बुवा बृद्ध भएपछि बेसहारा बनेका बझाङको बुंगल नगरपालिका–४ का १२ वर्षीय अर्जुन कार्की, उनका भाइ र बहिनी विद्यालय जान थालेका छन् । बुवाआमा नै अशक्त भएपछि आमा र बुवासहित बहिनी र भाइलाई आवश्यक पर्ने सबे कुराको जोहो गर्दै आएका १२ वर्षका अर्जुनबारेको खबर उज्यालो लगायत सञ्चारमाध्यममा आएपछि सहयोगीको अग्रसरतामा उनीहरुलाई विद्यालय भर्ना गरिएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टिम लिडर कलक खत्रीले जानकारी दिनुभयो । अर्जुनसहित उनकी ९ वर्षकी बहिनी रमिला र ६ वर्षका भाइ लक्ष्मणलाई बुंगलकै रहेको निजी स्कुलमा भर्ना गरी निःशुल्क पठनपाठन गर्न पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । समूहले उनीहरुलाई शैक्षिक सामग्री, लुगाकपडा, र नगद गरी १२ हजार ४ सय ३५ रुपैयाँको सहयोग गरेको थियो । यस्तै भिख मागेर बा आमा तथा भाइबहिनीको गुजारा गर्दै आएका अर्जुन बारेको खबर उज्यालो अनलाइनमा पढेर काठमाडौंका अशोककुमार अग्रवाल र महिला तथा बालबालिका कार्यलय बझाङले १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् । यसरी जम्मा भएको रकमलाई कोष बनाएर तीनैजना बालबालिकाको पढाइको प्रबन्ध गर्ने काम सुरु भएको खत्रीले बताउनुभयो । 

यस्तो छ अर्जुनको कथा 

बुवालाई पक्षघात, आमा दृष्टिबिहीन: भाइबहिनी पढाउने यी बालकको रहर कसरी होला पूरा ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया