MENU

अर्थ

Ncell Axiata

राहदानीबाट एक करोड ४३ लाख राजश्व संकलन

म्याग्दी, साउन २६ – आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट एक करोड ४३ लाख ४७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार त्यस अवधिमा संस्था दर्ताबाट दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार, न्यायिक दस्तुरबाट २६ हजार र परीक्षा शुल्कबाट आठ हजार संकलन भएको थियो । 

गएकाे आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

  • ​मंगलबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

    काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

  • शेयर बजारमा फर्कियो रौनक, लगानीकर्ता उत्साही

    काठमाडौं, असोज ३० – कारोबार भएकामध्ये सबैजसो शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से सोमबार ४६ दशमलव ६२ अंकले बढेको छ । घट्दो क्रममा रहेको शेयर बजार आज भने लगानीकर्तालाई हौस्याउने गरेर बढेको हो ।

  • बैंक नहुँदा स्थानीय तहका बासिन्दालाई समस्या

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज ३० – तेह्रथुमका चार वटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया