MENU

समाज

Ncell Axiata
NIC Asia

विष्णुमतीको नयाँ पुल भाँचिएर बग्यो, स्थानीय बासिन्दा आक्रोशित

काठमाडौं, साउन २७ – काठमाडौंको मध्यभागबाट बग्ने विष्णुमती नदीमा पानीको बहाव बढ्दा नयाँ पुल भाँचिएर बगाएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र १७ को बिचबाट बग्ने विष्णुमती नदीमाथि नरदेवी, ताम्सीपाखा र डल्लु जोडिने हालसालै बनाएको पुल बगाएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।  

भर्खर बनाएर सकिएको र उद्घाटनै हुन बाँकी रहेको पुल बगाएपछि सरकारी निकायको कामप्रति स्थानीय जनप्रतिनिधिले पनि आक्रोश व्यक्त गरे । वडा नम्बर १५ का वडाध्यक्ष ईश्वर मान डंगोलले आफूहरुलाई कुनै जानकारी नै नदिई पुल बनाइएको र बगाएको अवस्थामा जिम्मेवारी लिन पनि कोही नआएकोमा आक्रोश पोख्नुभयो । 

स्थानीय बासिन्दा विपिन कपालीले पुल बनाउँदा बनाउँदै छोटो भएपछि पुनः जोडेर बनाइएको बताउनुभयो । वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले पनि पुलबारे आफूहरुलाई कुनै जानकारी नदिइएकोमा आक्रोश पोख्नु भयो । वडाध्यक्षद्वयलाई पुल कसले बनाउँदै गरेको भन्ने पनि जानकारी नभएको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया