MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

ब्याउन नसकेर मर्न थाले भैँसी

बैतडी, साउन २७ – बैतडीको शिबनाथ गाँउपालिका वडानम्बर ५ मा भैँसी ब्याउन नसकेर मर्न थालेका छन् । भैँसी ब्याउने बेलामा पाठेघर नै बाहिर निस्कँदा भैँसी मर्न थालेको स्थानीय बासिन्दा गम्भीर दयालले बताउनुभयो । 

यस्तै समस्याले गणेश पन्तको पनि एउटा भैँसी मरेको छ । जनक सिंह धनाडीको भैँसीको पनि पठोघर बाहिर निस्केकाले ब्याउन नसकेको उहाँले बताउनुभयो । 

यस्तै वडानम्बर ४ मा पनि तीन वटा भैँसीमा यस्तै समस्या देखिएको दयालले बताउनुभयो । ब्याउन नसकेर भैँसी मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । 

वडानम्बर ५ मा भैँसीमा यस्तो समस्या रहेको खबर पसु सेवा इकाई कार्यलय मेलौलीलाई जानकारी गराउँदा पनि सुनुवाइ नगरेको किसानले बताएका छन् । यता इकाई पशुसेवा कार्यालय मेलौलीले भने आफूहरुलाई यो सम्बन्धी कुनै जानकारी नआएको जनाएको छ । 

भैँसी ब्याउन नसकेर पाठेघर बाहिर आउनु कुनै पनि महामारी रोग नभएको इकाई पशुसेवा कार्यालय मेलौलीका नारायणदत्त भट्टले बताउनुभयो । भैँसीलाई कुपोषण हुँदा, ब्याउने समयमा खोले, घाँस बढी खुवाउँदा पनि यस्तो समस्या हुने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सामुदायिक वनबाट वन्यजन्तु र जडीबुटी हराउँदै

    लमजुङ, पुस ३ – लमजुङका सामुदायिक वनहरुमा बहुमूल्य वन्यजन्तु र जडिबुटी हराउँदै गएको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ८ र ९ का बासिन्दाले सामुदायिक वनमा वन्यजन्तु र जडिबुटी हराउँदै गएको बताएका हुन् ।

  • वीरगंजमा चिसो बढ्यो

    पर्सा, पुस ३ –गएको केही दिनदेखि हुस्सु र शितलहरका कारण पर्साको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसोले जनजीवन प्रभावित भएको हो ।

  • तराईमा आज पनि हुस्सु, चिसो अझै बढ्ने

    काठमाडौं, पुस ३ – तराईमा सोमबार पनि हुस्सु लागेको छ । पूर्वी र मध्य तराईको तुलनामा अहिले पश्चिम तराईमा बाक्लो हुस्सु लागेको मौसमविद सुवास रिमालले जानकारी दिनुभयो ।

  • जुनार उत्पादन घट्यो

    दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि ...

  • ​कुखुरापालन व्यवसायले फेरिएको दैनिकी

    डोटी, पुस २ – दिपायलकी शारदा विष्टले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । सिलगढी नगरपालिका –४, कुमालीकोटकी ३५ वर्षीया विष्टले एकवर्ष पहिलेदेखि कुखुरापालन व्यवसाय सुरु गर्नु भएको हो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया