MENU

अर्थ

Ncell Axiata

​रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको सटही दर बढ्यो

काठमाडौं, साउन २७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ८२ पैसा  र विक्रिदर २३ रुपैयाँ ९६ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९५ पैसा र विक्रिदर ९ रुपैयाँ रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया