MENU

बातावरण-कृषि

Ncell Axiata

चिडियाखानाबाट चितवन निकुञ्जमा ल्याइएका तीनवटै अर्ना मरे

चितवन, साउन २७  – सदर चिडियाखानाबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका तीनवटै अर्ना मरेका छन् । 

चिडियाखानामा रहेका एक भाले र दुई पोथी अर्ना निकुञ्जमा ल्याइएको थियो । गएको माघमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई भालेसहित १२ वटा अर्ना र चिडियाखानाबाट एक भालेसहित तीनवटा अर्ना ल्याइएको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साता थप एउटा मरेपछि चिडियाखानाबाट ल्याइएका सबै अर्ना मरेका हुन । 

चिडियाखानामा तयारी खाना खाएका अर्नाले छाडिएका ठाउँमा खोजेर घाँस, पानी नखाएकाले आहाराकै कारण ती अर्ना मरेको अनुमान गरिएको छ । कोसीटप्पुबाट ल्याइएका अर्ना बथानमा हिँड्ने गरेको भए पनि चिडियाखानाबाट ल्याइएका अर्ना छुट्टाछुट्टै बस्ने गरेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएको छ । बाघले अर्नाको शिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा निर्माण गरिएको खोरमा अर्ना राखिएको छ । 

इन्क्लोजरभित्र अर्नासँगै चारवटा बाह्सिंगे पनि रहेका छन् । शुक्लाफाँटाबाट ल्याइएका सातवटा बाह्सिंगेमध्ये तीनवटा मरेपछि हाल एक भाले र तीन पोथी मात्र रहेको निकुञ्जले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

  • काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया