MENU

राजनीति

Ncell Axiata

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरे

बैतडी, साउन २७ – दोस्रो चरणको स्थानीय तहको चुनाव लडेका बैतडीका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन् । 

चुनाव भएको एक महिनाभित्र चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको भए पनि एक महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

अहिलेसम्म ४ सय ४४ उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालले जानकारी दिनुभयो । ४ नगरपालिका र ६ गाउँपालिकामा ४ सय ४० पदका लागि १ हजार ६ सय ८० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । 

अभैm १ हजार २ सय ३६ उम्मेदवारले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ । चुनावमा भाग लिने सबै उम्मेदवारहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ बमोजिम र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० को अनुसुची ३० मा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च बुझाउने कानुनी व्यवस्था रहेको छ । 

खर्च बुझाउने उम्मेदवारले अहिलेसम्म निर्वाचन आयोगले खर्च गर्न पाउने भनी तोकेको खर्चको सीमा अनुसार नै विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई ५ सय रुपैयाँ जरिवाना हुने र अर्को कुनै पनि चुनावमा भाग लिन नपाइने जिल्ला निर्वाचन अधिकारी फुयालले बताउनुभयो । 

निर्वाचन खर्च पेस नगरेका उम्मेदवारलाई छिटो भन्दा छिटो पेस गर्न समेत जिल्ला निर्वाचन कार्यालय बैतडीले अनुरोध गरेको छ । स्थानीय तहको चुनावमा नगरपालिकाका मेयर र उपमेयरले ४ लाख रुपैयाँ तथा वडाअध्यक्ष र सदस्यहरुले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो । यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैयाँ र वडाअध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने जनाएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया