MENU

खेल

Ncell Axiata

​डा. केसीका माग सम्बोधन गर्न माग गर्दै बालुवाटार घेराउ

काठमाडौं, साउन २७ – उन्नाइस दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि दबाव दिन चिकित्सकहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन ।

डा. केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट र्‍यालीसहित वालुवाटारमा पुगेर प्रदर्शन गरेका हुन । र्‍यालीमा एक हजार चिकित्सक, विद्यार्थी र सर्वसाधारण नागरिककोसमेत सहभागिता थियो ।

डाक्टर केसीको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि उहाँका माग पूरा गर्न सरकारले ठोस कदम नचालेका कारण दवाव दिन प्रदर्शन गरेको डा.केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. अभिषेक सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया