MENU

मनोरञ्जन

Ncell Axiata

​कन्सर्टमा नाचेकै कारण साउदी गायक गिरफ्तार

साउन २७ – साउदी अरबमा एक चर्चित गायकलाई नाचेकै कारण गिरफ्तार गरिएको छ । कन्सर्टमा एउटा खास डान्स स्टेपका कारण उनलाई गिरफ्तार गरिएको खबर बिबिसी हिन्दीमा उल्लेख छ ।

उनले कन्सर्टको बेला ‘ड्याबिङ’ गरेका थिए । जुन स्टेपमा हातको कुहिना मोडेर टाउको झुकाइन्छ । टेलिभिजन होस्ट, अभिनेता तथा गायक अब्दल्लाह शाहानीले तैफ शहरमा भइरहेको एउटा म्युजिक फेस्टिवलमा प्रस्तुति दिएका थिए । 

साउदीमा प्रतिबन्धित छ ड्याबिङ

साउदीमा यो डान्सको स्टेप प्रतिबन्धित छ । साउदी प्रशासनले यसलाई लागुऔषध सेवनसँग जोडेर हेरिने गरिएको छ । अल शाहानीको ड्याबिङ स्टेपको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गायक अल शाहानीले भुलवश आफूले त्यो स्टेप गर्न पुगेको भन्दै ट्वीटरमार्फत माफी मागेका छन् । 

गाँजासँग ड्याबिङको सम्बन्ध

यो स्टेप अमेरिकाको एटलान्टाबाट झण्डै दुई वर्षअघि शुरु भएको मानिन्छ । त्यहीँबाट शुरु भएको यो स्टेप विश्वमै फैलिएको छ । यो स्टेपलाई हिलारी क्लिन्टन र पल र्‍यानलेजस्ता राजनैतिक हस्तीहरुले पनि पछ्याएका थिए । 

साउदी गृह मन्त्रालयले लागुऔषधविरोधी राष्ट्रिय आयोगले डान्सको ड्याबिङ स्टेपलाई प्रतिबन्ध लगाएको थियो । यसलाई साउदी प्रशासनले गाँजा सेवनसँग जोडेर हेर्ने गरेको छ । मन्त्रालयले एउटा पोस्टर छपाएर ‘युवा र समाजका लागि खतरनाक’ भन्दै यो डान्स स्टेपलाई नक्कल नगर्न चेतावनी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया