MENU

राजनीति

Ncell Axiata

नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहित १५ जनालाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं, साउन २७ – डाक्टर बाबुराम भट्टराई संयोजक रहेका नयाँ शक्ति पार्टी नेपालले आफ्ना संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ ।

पौडेलसहितका १५ जनाले काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले स्पष्टिकरण सोधेको हो । 

पौडेलसहितका नेताले संयोजक भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यशैली नसुधारे पार्टी परित्याग गर्ने चेतावनी दिएका थिए । भट्टराईले शुक्रबार विज्ञप्ति निकालेर पार्टीको संघीय परिषद बैठकमा कुनै पनि फरक धारणा नराखेको र आफ्नो राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको भए पनि पार्टीको बैठकमा फरक धारण राख्ने अवसर हुँदा हुँदै १५ जनाले पत्रकार सम्मेलन गरेर पार्टीप्रति गलत धारणा सार्वजनिक गर्नुको कारण मागेको स्पष्ट पार्नुभएको छ ।

विषम परिस्थितिको सामना गर्नु परेको प्रष्ट हुँदा हुँदै अप्ठ्यारो परिस्थितिमा सत्तीसालझैं झनै दृढ भएर उभिनुपर्ने बेलामा पार्टीका कार्यकर्ता र जनसमुदायमा भ्रम पर्ने गरी १५ जनाबाट भएका क्रियाकलापबाट पार्टी अत्यन्त गम्भीर बनेको भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

आउँदो चुनावमा मोर्चाबन्दी गर्ने वा नगर्ने ? कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार रहेको भन्दै भट्टराईले कसैसँग पार्टी एकता र ध्रुवीकरणका नाममा स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया