MENU

खेल

Ncell Axiata

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात, लेस्टर सिटी पराजित

साउन २८ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । सिजनको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । प्रिमियर लिगको यो २६ औं सिजन हो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४–३ ले हराउँदै आर्सनलले प्रिमियर लिगको सन् २०१७–१८ सिजनमा विजयी सुरुवात गरेको हो । अन्तिम सयम बराबरी रहेको खेलमा सबस्टिच्युडको रुपमा मैदान छिरेका ओलिभर जिरउडले आर्सनलका लागि विजयी गोल गरे । खेलको दोस्रो मिनेटमा नै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए । २९ औं मिनेटमा जेमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा २–२ को बराबरी भयो । तर ५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लियो । ८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनललाई ४–३ को जित दिलाए । जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोन्टिन्होलाई भित्र्याउन बार्सिलोनाको अन्तिम प्रयास

    भदौ ४ – बार्सिलोनाले लिभपुरलका मिडफिल्डर फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने अन्तिम प्रयास गरिरहेको छ । बार्सिलोनाले कोन्टिन्होका लागि ११ करोड ८० लाख पाउण्डको नयाँ प्रस्ताव गरेको छ ।

  • बुफोनले रोके ऐतिहासिक पेनाल्टी

    भदौ ४ – इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा च्याम्पियन युभेन्टस र नापोलीले विजयी सुरुवात गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको यो सिजनको पहिलो खेलमा युभेन्टसले कालियरीलाई ३–० ले हराएर प्रभावशाली जितका साथ नयाँ सिजनको सुरुवात गरेको हो ।

  • पहिलो खेलमै ग्रिजम्यानलाई रेड कार्ड

    भदौ ४ – स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानका लागि खराब बनेको छ ।

  • मैदान छिरेको ७ मिनेटमा गोल, त्यसपछि रेड कार्ड

    वेष्ट ब्रोमका लागि विजयी गोल गरेका रोब्सन–कानु गोल गरेको १२ मिनेटपछि मैदानबाट बाहिरिन बाध्य भए । ७१ औं मिनेटमा सुन्दर गोल गरेका कानु ८३ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए ।

  • लिभरपुल र लेस्टरको पहिलो जित

    भदौ ४ – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र लेस्टर सिटीले पहिलो जित दर्ता गरेका छन् । लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया