MENU

खेल

Ncell Axiata

बार्सिलोनाले ताकेका कोन्टिन्होले पेश गरे ‘ट्रान्सफर रिक्वेस्ट’

साउन २८ – लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका छन् । लिभरपुलले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै वक्तव्य जारी गरेको केही घण्टापछि नै कोन्टिन्होले क्लब छोड्न चाहेको भन्दै ट्रान्सफर अनुरोध पेश गरेका हुन् । कोन्टिन्होले इमेल मार्फत क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका थिए । तर लिभरपुलले उनको प्रस्ताव अस्वीकार गरेको छ । गएको बुधबार लिभरपुलले कोन्टिन्होका लागि स्पेनिस क्लब बार्सिलोनाले गरेको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको थियो । लिभरपुलले प्रिमियर लिगको पहिलो खेलमा शनिबार राति वाट्फोर्डसँग खेल्दैछ । चोटका कारण वाट्फोर्डसँगको खेलमा कोन्टिन्हो मैदानमा हुने छैनन् । गएको सिजनमा सबै प्रतियोगितामा गरेर लिभरपुलबाट १४ गोल गरेका २५ ब्राजिलियन मिडफिल्डर कोन्टिन्होले गएको जनवरीमा लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए । नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोनाले कोन्टिन्होलाई भित्र्याउने प्रयास गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया