MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

आँगनमा ईश्वर अर्पिरहेछ आफ्नो समय

 

                                                                                            – ऋग्वेद शर्मा
 

हामी हाँसिरहन सकौं भनेर
हाम्रा सन्तति हाँसुन् भनेर
हाम्रा लागि आँगनमा ईश्वर
अर्पिरहेछ आफ्नो समय ।।

बिहानै बारीको फूल टिपेर
चोखो पानी करुवामा भरेर 
ईश्वर भेट्न देउराली चढ्यौं ।
तिनिहरुको छल, हाम्रो ईश्वर
हाम्रो भय, उनीहरुको व्यापार ।।

उसँगै सकिएला हाम्रो हाँसो
उसँगै बिलाउला हाम्रो समय ।
अब त बुझौं, अब त फर्कौं 
रातो रङ्ग्याएको टुङ्गो पुजेर 
ढिला गरी हामी फर्कंदा 
ईश्वर आँगनमा अलप नहोस् ।।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • साहित्यकार पहारीको निधन

    पाल्पा, पुस १ – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ ।

  • प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

    तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

  • स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

    काठमाडौं, मंसिर १९ – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

  • नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

    नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा मंसिर १९ गते मंगलबार प्रदान गर्ने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया